समाचार

एक्कासी आयो यस्तो निर्णयः फेरि बन्द हुने भयो बजार तथा सवारी साधन ! (सूचनासहित)

काठमाडौं । एक साताका लागि सबै बजार क्षेत्र तथा सवारी साधान पूर्णरुपमा बन्द हुने भएको छ ।

एकै दिन आठ जनामा कोरोना संक्रमणको पुष्टि भएपछि आइतबार (आज) देखि एक साताका लागि रोल्पाको गंगादेव गाउँपालिका सिल गरिएको छ ।

गाउँपालिका भित्रका विभिन्न स्थानका ३५ जनाको स्वाब परीक्षण गर्दा आठ जनामा संक्रमण पुष्टि भएको गाउँपालिकाले जानकारी दिएको छ ।

एक साताका लागि गाउँपालिका भित्रका बैंक, बित्तीय संस्थाहरु, पसल, होटेललगाएत सवारी साधनसमेत ठप्प रहने गाउँपालिकाले जानकारी दिएको छ ।

त्यस्तै, गंगादेवी गाउँपालिका भित्रका सबै बजार क्षेत्र, धार्मिक स्थल, सार्वजनिक क्षेत्रहरु पूर्ण रुपमा बन्द गरिएको छ । साथै, गाउँपालिका भित्र सबै प्रकारका सवारी साधनहरु आवत जावतमा रोक लगाइएको छ ।

Related Articles

Back to top button
Close