मंगलबार १२ आश्विन २०७८

चितवनकी सुजिता मृत्यु घटना परिवार भित्रकै सदस्यसंग परेको प्रेम सम्बन्धलाई समाज र परिवारले स्वीकार नगर्ने आशंका र ड ‘रका कारण भएको देखिएको छ । चितवन प्रहरीले सजिताकै दाई नाता पर्ने एक जनालाई पक्राउ गरी शुक्रवार सार्वजनिक गरेको छ । उनीहरुबीच प्रेम सम्बन्ध रहेको देखिएको छ । सुजिताको आमाले दिएको किटानी जाहेरी पनि पक्राउ परेका ति युवक सुजिताको आफन्त र प्रेमी समेत भएको खुलेको हो ।

प्रहरीले शुक्रबार पत्रकार सम्मलेन गरी झापाको झापा गाउँपालिका ९६ का २३ वर्षीय सचिन भन्ने सुकदेव भण्डारीलाई सार्वजनिक गरेको छ । उनलाई प्रहरीले काठमाडौंबाट बिहीबार पक्राउ गरेर चितवन लगिएको थियो । उनी सुजिताको दाई नाता पर्ने ब्यक्ति हुन् ।

प्रहरीका अनुसार उनी सुजिताका ठुलो बुवाको छोरा हुन्। नाताले दाई पर्ने भएकाले उनीहरुबीचको प्रेम र विवाह परिवार समाजले स्वीकार गर्न नसक्ने संभावना धेरै थियो । तर सुजिताले दाईलाई विवाहको दवाव दिएको प्रहरी अनुसन्धानमा देखिएको छ । उनीहरूको स’म्ब’न्ध दाजुबहिनीको मात्रै सीमित नरही शं का स्पद देखिएको प्रहरी अनुसन्धानवाट खुलेको छ । सुजिताले असार ९ गते सुकदेवलाई फोन गरेको देखिएको छ । उनले विवाह गर्ने प्रस्ताव राख्दा सुकदेवले इन्कार गरेपछि घटना भएको प्रहरी अनुसन्धानवाट देखिएको छ ।

नेपालमा विवाह गरेर बस्दा परिवारका सदस्यले नस्वीकार्ने र समाजमा पनि राम्रो नमानिने भएकाले उनीहरुले विदेशमा संगै बस्ने योजना बनाएको पनि देखिएको छ । काठमाडौंमा उनीहरु केही दिन संगै ब सेको समेत देखिएको छ । सुजिता काठमाडौमा बसेर पढ्ने गरेकी थिइन् । सुजिताले प्रेमीलाई कोठा खोज्न द वा व दिएको पनि प्रहरी अनुसन्धानमा देखिएको छ । यदि विदेश जाने योजना सफल नभए दुवै जनाले अ प हर ण मा परेको बहाना बनाएर लुकेर संगै बस्ने योजना समेत बनाएको देखिएको पत्रकार सम्मेलनमा प्रहरीले जानकारी दिएको छ ।

२०७ पटक हेरिएको

तपाईको प्रतिक्रिया