बुधबार ०६ आश्विन २०७८

काठमाडौं, साउन ८ । काठमाडौं मेडिकल कलेज किनेको झन्डै ११ महीनापछि डा।सुनील शर्माले नेपालगञ्ज मेडिकल कलेजको ५१ प्रतिशत शेयर लिएका छन्। बैंकको ऋणसमेत गरी ३५० करोडमा उनले यसको शेयर किनेका हुन् । विराट नगरको नोबेल मेडिकल कलेजसहित शर्मासँग अब तीनओटा मेडिकल कलेज छन् भने काठमाडौंमा नै पिपुल्स डेन्टल कलेज सञ्चालनमा छ ।

शर्माले भदौमा केएमसीको ४७ प्रतिशत शेयर खरीद गरेका हुन् । त्यसैगरी १०० रुपैयाँ शेयर रहेको नेपालगञ्ज मेडिकल कलेजको करसमेत जोडेर प्रति शेयर ५०० रुपैयाँमा किन्ने प्रक्रिया शुरू गरेको सुनील शर्माले बताए। तर, खरीदको सम्पूर्ण प्रक्रिया भने पूरा हुन बाँकी रहेको जानकारी उनले दिए । नेपालगञ्ज मेडिकल कलेजका कर्मचारीहरूको ३ महीनाको तलब र बैंकको १५० करोड ऋणको दायित्व समेत शर्माले लिने भएका हुन् ।

आवश्यक र दक्ष कर्मचारी राखेर चुस्त रूपमा मेडिकल कलेज सञ्चालन गर्ने सोचमा रहेका शर्माले नोबेल मेडिकल कलेज विराटनगरमा ओपीडीमा शुल्क नलिए जस्तै नेपाल गञ्जमा समेत निःशुल्क ओपीडी सेवा सुचारु गर्ने बताएका छन् । शर्माको स्वामित्वको पिपुल डेन्टल कलेजमा सम्पूर्ण सुविधासहितको अस्पताल र वीडीएस पढाइ हुँदै आएको छ । सम्पूर्ण पूर्वाधार सहितको पिपुल्स डेन्टललाई मेडिकल कलेजका रूपमा सञ्चालन गर्न सबै पूर्वाधार निर्माण गरिएको छ ।

तर, सरकारले स्वीकृति नदिएका कारण मेडिकल कलेज सञ्चालन हुन सकेको छैन। गोविन्द केसीको आन्दोलनका कारण सरकारले नयाँ मेडिकल कलेजको स्वीकृति नदिएपछि डा।शर्माका आँखा पुराना तर सञ्चालनमा कठिनाइ भोगिरहेका मेडिकल कलेजतिर गएको हो । यसरी एकपछि अर्को मेडिकल कलेज थपेर शर्मा मुलुकभरि एउटै व्यवस्थापन भएको मेडिकल अस्पतालहरूको चेन निर्माण गर्न चाहन्छन् ।

व्यवस्थापनमा निकै कडा र सुधारमा निकै प्रभावकारी टीम शर्मासँग छ । जसको कारण घाटामा गएका कलेज र अस्पताल हरूलाई चुस्त व्यवस्थापनले केही समयमा नै नाफामा लैजान सक्ने खुबी छ । त्यही कारण शर्मा मेडिकल क्षेत्रमा सफल व्यवसायीका रूपमा चिनिन्छन् । सिँगै परिवार र आफन्तसमेत मेडिकल क्षेत्रमा संलग्न गराएकाले अस्पतालको उपल्लो तहदेखि तल्लो तहका समान्य कुरासमेत तत्कालै जानकारी पाउने नेटवर्क उनीसँग छ । आर्थिक अभियान दैनिकबाट

१७० पटक हेरिएको

तपाईको प्रतिक्रिया