आइतबार १९ आषाढ २०७९

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफुहरुको जित हुने दाबीसहित घोषणा गरेका छन् ।

निवर्तमान प्रधानमन्त्री समेत रहेका ओलीले चौतर्फी घेराबन्दीबीच पनि आफूहरुकै जित हुने दाबी गरेका हुन् ।

बिहीबार ललितपुरको च्यासलमा केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अदालतदेखि संसदसम्म पनि भएको घेराबन्दी चिर्दै आफूहरु नै विजयी हुने घोषणा गरेका हुन् ।

केही समय हारेको जस्तो देखिए पनि छिट्टै जित्ने पनि ओलीले बताए। ‘हामी जित्दै छौँ, भोलि होइन, हामी आजै जित्छौँ’, उनले भने, ‘हाम्रो विजय यात्रालाई कसैले रोक्न सक्दैन।’

ओलीले कम्युनिष्ट आन्दोलन र नेकपा एमालेले धेरै ठूलो क्षति व्यहोरेको पनि अब मिलेर अघि बढ्ने बताए। कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाललाई पनि पटक पटक आक्रमण भएको बताउँदै अहिले आफूमाथि पनि त्यस्तै गरिएको जिकिर गरे। उनले अब एमालेलाई मिलाएर अघि बढ्ने बताउँदै विवादलाई रोकेर सहकार्य गर्न माधव नेपाल पक्षलाई पनि अपिल गरेका छन्।

१६५ पटक हेरिएको

तपाईको प्रतिक्रिया