
काठमाडौँ / कलाकारले बाढी प्रभावित सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बुमा पीडित बासिन्दालाई ४३ वटा पक्की घर निर्माण गरिदिने भएका छन् । सोमबार कलाकारद्वारा सञ्चालित सिन्धु सहयोग कोषको समूहले ती क्षेत्रको स्थलगत निरीक्षण गरेको थियो । बाढीले बगाएको मेलम्चीको दनुवार बस्तीमा कोषले १९ वटा पक्की घर बनाइदिने भएको छ । हेलम्बुको मगर बस्ती क्यूलमा २४ पक्की घर बनाइदिने कलाकारहरूले जनाएका छन् ।
मेलम्ची र हेलम्बुसहित पाँच पोखरीमा आकर्षक पक्की घरसहितको होमस्टे बनाउने आफूहरूको तयारी रहेको र यसबारे चाँडै योजना सार्वजनिक गर्ने कोषका सदस्य एवं सङ्गीतकार चेतन सापकोटाले जानकारी दिए । गत असार १ गते (मङ्गलवार) राती हेलम्बु र इन्द्रावती नदीको उद्गमस्थल पाँच पोखरीबाट उर्लिएर नदी किनार कोरिडोरमा वितण्डा मच्चाउँदै भयानक बाढी आएको थियो। बाढीले ५० औँ जना बेपत्ता भएको स्थानीयले बताएका थिए । news24np.com बाट
योपनि पढ्नुहोस। होचि दिदी बसन्ति जो अहिले सुत्केरि अवस्थामा हुनुहुन्छ ।आफू कदको हिसाबमा निकै सानो भएको हुदा बच्चालाई जन्मदिन कष्ट हुने हुदा स्वयम् आफू अनि पेटमा रहेको बच्चालाई पनि बचाउन गाह्राे हुने पो होकि भन्दै रुदै मिडियामा आएकि वसन्त दिदिले अन्ततः सुरक्षित ढङ्गबाट बच्चालाई जन्म दिनु भयो ।आफ्नोे जिवनस्तर निकै नै न्यून भएकै कारण अस्पतालसम्म जानलाई खर्च नभएको हुदा देश बेदेशबाट सहयोग आएसगै उहाले राम्रै अस्पतालमा उपचार भई सुरक्षित बच्चा समेत जन्माउनु भएको थियो ।
आफू बस्दै गरेको घर जुनमा छानो त थियो तर ओत थिएन् ।खाबो त थियो तर धुलिया लागेको ।बर्यायाममा अझै कति हो कति दुख हुने र नया घर बनाउन पाए हुन्थ्यो भन्दै जिकिर गर्ने बसन्ति दिदिको त्यो सपना पनि पूरा हुने भएको छ।आजैबाट घर निर्माण सुरु भैसकेको र लगभक के कस्तो बन्ने भन्ने आकलन र परिदृश्य उपर यो भिडियो आधारित छ ।
निकै नै खुसि देखिन्छिन् बसन्ति दिदी । अन्ततः अहिले बसन्ती नयाँ घर सर्ने तरखरमा हुनुहुन्छ । घर पुर्ण रुपमा बनिसकेको छ ।