समाचार

चर्चित नायिका गरिमा पन्तको आज जन्मदिन, बिहानैदेखि शुभकामनाको ओइरो

काठमाडौँ – कुनै समयकी हिट नायिका गरिमा पन्तको आज जन्मदिन हो । गरिमा १९८८ सेप्टेरम्बर १९ तारिखमा लमजुङमा जन्मेकी गरिमा नम्र स्वभावकी कम बोल्ने लजालु तर अभिनयमा राम्रो दक्खल राख्ने सुन्दरी हुन् । आजबाट ३३ वर्ष लागेकी गरिमालाई जन्मदिनको अवसरमा बिहानैदेखि शुभकामनाको वर्षा भइरहेको छ ।

म्यूजिक भिडियो हुँदै ठूलो पर्दामा डेब्यू गरेकी गरिमालेचलचित्रमा राम्रो पकड बनाइरहेका बेला विबाह गरिन् । विबाहपछि अन्य नायिकाहरु जसरी नै उनी रातारात कला क्षेत्रबाट पलायन भइन् । चलचित्र क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल अभिनेत्री उनि विवाह पछाडि अस्ट्रेलिया बस्दै आएकी छिन् ।

उनले हाल सम्म ‘झोला’, ‘तीन घुम्ती’ फूल, ठूली, सम्झना, अर्जुन देव, जीवन मृत्यु, मनले मनलाई मान्छ, सुन्दर मेरो नाम, फूल, भइहाल्छ नि, जस्ता चलचित्रमा अभिनय गरिसकेकी छिन् ।

Related Articles

Back to top button
Close