समाचार
सिट क्षमताअनुसार नै असोज ५ देखि आन्तरिक उडान सुरु हुने, टिकट बुकिङ खुला
काठमाडौं । यही असोज ५ गते सोमबारबाट सिट क्षमताअनुसार नै आन्तरिक उडान हुने भएको छ ।
सरकारले बसलगायत सार्वजनिक यातायातका साधनमा सिट क्षमताको आधामात्रै यात्रु बोक्न अनुमति दिएका बेला एअरलाइन्सहरुलाई भने पूर्ण क्षमताअनुसार नै उडान भर्न अनुमति दिएको हो ।
शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नागरिक उड्डयन प्राधिकरणलाई पत्र लेख्दै असोज ५ गतेदेखि पूर्ण क्षमताअनुसार नै नियमित उडान गर्न भनेको हो।
यसअघि सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ५० प्रतिशत क्षमतामा मात्रै उडान गर्ने निर्णय गरेपछि एअरलाइन्स कम्पनीहरुले विरोध गर्दै आएका थिए ।
पूर्ण क्षमताअनुसार नै उडान भर्न दिने मन्त्रालयको निर्णयसँगै केही निजी कम्पनीले टिकट बुकिङ खुला गरेका छन्।