समाचार

बलिउड अभिनेता सुशांतको फामहाउसमा भेटियो उनको पर्सनल नोटबुक, यस्तो रहेछ उनको ईच्छा

एजेन्सी । अभिनेता सुशांत सिंह राजपूतको मृत्य भएको आज तीन महिना पुरा भएको छ । तर उनको जिन्दगीसंग जोडिएको रहस्य अहिलेसम्म सबैकोलागी एउटा राज नै बनिरहेको छ । उनको जीवन र मृत्यु यो दुवैको बीचको कुरालाई विभिन्न डिपार्टमन्टको अध्ययन र अनुसन्धानले पनि आजसम्म सल्ट्याउन नसकि रहेको अवस्थामा आज अचानक उनले लेखेको उनको पर्सनल नोटबुक भेटिएको छ ।

२७ अप्रिलमा उनले यो भेटिएको नोट लेखेका रहेछन् । उनको यो भेटिएको नोटलाई पढ्ने हो भने सुशान्तले समय समयमा गर्ने स्मोकिंग पनि छोड्न चाहेका रहेछन् । उनले नोटमा प्रष्ट नै लेखेका छन् कि उनी केवल आफ्नो करियरमा फोकस हुन चाहेका रहेछन् । साथै उनले बलिउड बलिउड अभिनेत्री कृति सेननसंग पनि समय व्यतित गर्न चाहेको कुरा उल्लेख गरेका छन् । उनले लेखेका छन् कि सुशांत रिया उनको जीवनमा आउनु पुर्व नै निकै सामान्य जीवन जिउन चाहेका रहेछन् ।

Related Articles

Back to top button
Close