News

अस्पतालले भर्ना गर्न मानेन, आईसोलेसनकालागी बेड नै नपाएर ग´यो कोरोना सं´क्रमितको `ज्या´न

पाल्पाका थप एकजना कोरोना संक्रमितको मृ त्यु भएको छ । तानसेन नगरपालिका ७ का ५२ वर्षीय पुरुषको बिहीबार बिहान निधन भएको हो । एक साताअघि बिरामी भएर मिसन अस्पताल तानसेन गएका उक्त पुरुषको कोरोना परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएपछि उपचारको लागि बुटवल र भैरहवा पुर्‍याइएको थियो । तर ती अस्पतालले भर्ना उनलाई भर्ना लिन नमानेपछि पुनः फर्काईएको थियो ।

मिसन अस्पतालका व्यवस्थापक जीवन भट्टराईका अनुसार सकोरोना पोजेटिभ देखिएपछि बुटवल रिफर गरेका थियौं । तर कोरोना संक्रमित बिरामीलाई अस्पतालले भर्ना नगरेपछि फर्केर यहिँ ल्याइएको थियो । यही तानसेन नगरपालिका र मिसन अस्पतालले सञ्चालन गरेको बृद्धाश्रमको आइसोलेसनमा उपचार भइरहेको अवस्थामा नै उनको मृत्य भएको हो । मृतक कलेजो रोगी भएको भट्टराईले बताए ।

लुम्बिनी प्रादेशिक अस्पतालले धागो कारखानामा सञ्चालित कोरोना अस्पतालमा बेड नभएको भन्दै राख्न नमानेको र भैरहवाको भीम अस्पतालले पनि बेड नभएको भन्दै बिरामी फर्काएको भट्टराईले बताए ।

Related Articles

Back to top button
Close