मंगलबार ०५ आश्विन २०७८

काठमाडौं । सत्ता परिवर्तनका वाहक बनेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको सुरक्षा थप गरिएको छ । संसद् विघटनसँग सम्बन्धित मुद्दामा तत्कालीन सरकारको विपक्षमा फैसला आएपछि उहाँलाई दिँदै आएको सुरक्षामा थप गरिएको छ ।

राणालाई सुरक्षा चुनौती बढेको भन्दै वर्तमान सरकारले उहाँको सुरक्षामा ध्यान दिँदै थप सुरक्षाकर्मी परिचालन गरेको छ । उहाँको निजी निवासमा पनि सुरक्षाकर्मी बढाइएको छ भने सरकारी निवासमा समेत सुरक्षाकर्मी बढाइएको एक प्रहरी अधिकृतले जानकारी दिए ।

‘अहिले उहाँमा सुरक्षा चुनौती बढेकाले थप सुरक्षाकर्मी परिचालन गर्नू भन्ने गृह मन्त्रालयको आदेश आएपछि एक कम्पनी सुरक्षाकर्मी थप गरेका छौं ।’ –ती सुरक्षा अधिकारीले भने । संसद् पुनःस्थापनापछि सार्वजनिक सडकमा उहाँको सवारी हुँदा सुरक्षाकर्मीको स्कटिङ पनि अघिपछिको भन्दा बढी देखिएको छ नेपाल समाचार पत्रमा यो खबर छ ।

९८ पटक हेरिएको

तपाईको प्रतिक्रिया