
टिक टक। अचेल बालबालिका, किशोर, युवाले असाध्यै रुचाउने एप हो। टिक टकका मालिक चिनियाँ नागरिक झाङ यिमिङ ‘आर्टिफिसियल इन्टिलिजेन्स’ प्रयोगले ‘टेक्नोलोजी’ मा विश्वभर चर्चाको शिखरमा छन् यतिबेला।नाम मात्रै होइन, ३६ वर्षीय झाङ २०१९ मा १३.५ अर्ब डलरको सम्पत्तिसहित ‘हुरुन चाइन रिच लिस्ट’ को प्रमुख २० धनी व्यक्तिमा सूचीकृत बनेका छन्। उनले बाइडु जस्ता पुराना र स्थापित चिनियाँ सर्च इन्जिनका संस्थापकलाई पछाडि पारेका छन्।
बेइजिङको स्टार्टअप कम्पनी बाइट डान्सले सञ्चालन गर्छ टिक टक प्लेटफर्म। बाइट डान्स चलाउँछन् अरबपति झाङ।
चीन सरकारसँग मिलेर उनले चिनियाँ कन्टेन्टमा नियन्त्रण गर्ने सेन्सर पनि बनाउँछन्।टिक टकका १५ देखि ६० सेकेन्डसम्मका भिडियो क्लिपमा मानिसहरु कपाल रंग्याउन सिकाउनेदेखि विभिन्न गीतमा नाचिरहेका देखिन्छन्।
नेपालमा पनि टिक- टक का प्रयोगकर्ताहरू दिनप्रतिदिन बढ्दै गएका छन्। कतिपय भने टिक- टिक बाटै बेला बेलामा भाइरल पनि हुने गरेको पाइन्छ। यस्तै यतिबेला टिक टकमा खुब भाइरल भएका एक नव विवाहित जुम्ल्याहा जोडी मिडियामा आएका छन् ।हेर्नुहोस यो भिडियो।