News

ईटहरीकी साहित्यकार गीता मृत्यु प्रकरण: डिप्रेसनको औषधि सेवन

आफ्नै घरको कोठमा झुण्डिएको अवस्थामा मृत भेटिएकी इटहरीकी साहित्यकार गिता भट्टराईले लामो समय देखि डिप्रेसनको औषधी खाने गरेको पाईएको छ । आफ्नै कोठमा मृत भेटिएकी उनले डिप्रेसनको औषधी खाने गरेको परिवारले जनाएको ।

इटहरी ५ पचरुखीमा कपडाको व्यवसाय समेत गर्दै आएकी उनी झुण्डिनुको कारण अन्य केहि नभएको बताईएको छ । यता इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी अर्जुन केसीले पनि कोठा भित्रैबाट चुक्कुल लगाएर आफै झुण्डिएको हुन सक्ने बताएका छन ।

दाहासंस्कार भईसके पनि सामाजिक सञ्जालहरुमा मृत्युको कारण अन्य हुन सक्ने भन्दै गिताको साथीहरुले लेखिरहेका छन । लामो समय देखि डिप्रेसनको औषधी खादै आएकी उनको मृत्युको अन्य कुनै कारण नभएको छिमेकीहरुले बताएका छन । अरुलाई समेत सम्झाउँदै हिड्ने गिताले किन यस्तो बाटो रोजिन भनेर उनका साथीभाईहरुले सामाजिक सञ्जालमा बहष गरिरहेका छन ।

Related Articles

Back to top button
Close