समाचार

भोलिदेखि चन्द्रागिरी केवलकार सञ्चालनमा आउँदै

काठमाडौं । कोरोना महामारीका कारण विगत ६ महिनादेखि बन्द रहेको चन्द्रागिरी केवलार सञ्चालनमा आउने भएको छ । चन्द्रागिरी हिल्सका अनुसार यही भदौ २९ गतेको मन्त्रिपरिषदको निर्णयलाई टेकेर चन्द्रागिरी केवलकार सञ्चालन गर्न लागिएको हो ।नयाँ पर्यटकीय हब बनेको चन्द्रागिरी केवलकार पनि विशेष स्वास्थ्य सुरक्षा विधि अपनाएर भोलिदेखि सञ्चालनमा ल्याइने चन्द्रागिरी हिल्स प्रालिका महाप्रवन्धक अभिषेक विक्रम शाहले बताए ।चन्द्रागिरी हिल्स प्रालिले कोरोना भाइरसको संक्रमण फैलिनबाट बच्न सरकारले तोकेको सम्पूर्ण मापदण्ड पूरा गरी चन्द्रागिरी केवलकार भोलि बिहीबारबाट सञ्चालनमा ल्याउने तयारी गरेको हो ।

कोरोना महामारी रोकथाम तथा न्यूनीकरणका लागि लागू गरिएको लकडाउन र निषेधाज्ञा केही खुकुलो भएसँगै काठमाडौ उपत्यकाका विभिन्न व्यापार÷व्यवसाय पनि बिस्तारै चलायमान भइरहेका छन् ।चन्द्रागिरी केवलकार र रिसोर्टलाई विगतका वर्षहरूमा भन्दा करिब ५० प्रतिशत कम मान्छे जम्मा हुने गरी सञ्चालनमा ल्याउनका लागि तयारी थालिएको चन्द्रागिरी हिल्सले जनाएको छ ।चन्द्रागिरी केवलकार सञ्चालन आएपछि एउटा कारमा सामाजिक दूरी कायम गरी चार जनाले मात्रै यात्रा गर्न पाउने कम्पनीले नियम कायम गरेको छ ।

महाप्रबन्धक शाहले भने, ‘सेवाका लागि प्रवेशद्वारदेखि हरेक ठाउँमा गोलो घेरा लगाउने, स्यानिटाइज गर्नेलगायत सम्पूर्ण व्यवस्था मिलाइसकिएको छ । अब पहिलो चरणमा ५० प्रतिशत क्षमताका आधारमा बिस्तारै सञ्चालन गरिनेछ ।’विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) तथा नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षासम्बन्धी सबै मापदण्ड अनुरूप कम्पनीले केवलकार र रिसोर्ट सञ्चालनको तयारी गरेको हो ।

Related Articles

Back to top button
Close