News

कतारबाट १४४ नेपाली स्वदेश फिर्ता

दोहा- कोरोना भाइरस लगायत अन्य विभिन्न कारणले कतारमा अप्ठ्यारोमा परेका १४४ जना नेपाली स्वदेश फर्किएका छन् । दोहाबाट काठमाण्डौका लागि नेपाल एयरलाइन्सको २३९२ उडानमार्फत १ महिलासहित १४४ जना स्वदेश फर्किएको कतारस्थित नेपाली दूतावासका द्वितीय सचीव प्रबीण भट्टराईले जानकारी दिए ।

यसअघि नेपाल एयरलाइन्सको ३८औं उडान मार्फत १२ महिलासहित १५० नेपाली स्वदेश फर्किएका थिए । सो उडानमा एउटा शव पनि नेपाल पठाइको थियो ।

स्वदेश फर्कन लागेका नेपाली दाजुभाई तथा दिदीबहिनीहरूको यात्राको समन्वय, सहजिकरण तथा बिदाईका लागि दूतावासका कर्मचारीहरु हमाद अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । नेपाल एयरलाइन्सले भोली बिहीबार र सेप्टेम्बर २२, २४ र २५ तारिखमा पनि उडान गर्ने दूतावासले जनाएको छ ।

Related Articles

Back to top button
Close