Video

पुण्य गौतमले खाए निलडाम हुने गरि प्रहरीको कु’टा’ई, बोकेर झ्यानाकुटी गरायो (भिडियो हेर्नुस्)

नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिगंलाई कार्यकारी निर्देशक बनाउनु पर्ने माग सहित दवाव दिन पुगेका पुण्य गौतमलाई प्रहरीले पक्राउ गरेको छ । कोरोनाको जोखिम बढेकै बेलामा सार्वजनिक रुपमा भिड गरेको भन्दै प्रहरीले गौतमलाई पक्राउ गरेको हो ।

पुण्य गौतम आफुलाई सामाजिक अभियन्ता भन्दै विभिन्न विषयमा सामाजिक सञ्जालमा बोल्दै आउने गरेका छन् । आफुलाई सामाजिक अभियन्ता बताउने गौतमले बुधवार काठमाडौमा सार्वजनिक स्थानमा प्रदर्शन गर्न थालेपछि पक्राउ गरिएको हो ।

उनलाई पक्राउ गर्दाको भिडियो भने निकै रमाइलो देखिन्छ । नारावाजी गर्दै सडकमा भिड लिएर बसेका पुण्यलाई प्रहरीले लाठी चार्ज गरेको छ । उनी आफै नेकपाका कार्यकर्ता भएको पनि दावी गर्छन । कोरोना महामारीका बेलामा भिडभाड गरेको र कोरोनाको जोखिम बढाएको भन्दै पक्राउ गरेको बताइएको छ ।

उनलाई पक्राउ गर्दाको भिडियो निकै रोचक र रमाइलो देखिन्छ । भिडमा उभिएर नारा लगाएका पुण्यलाई प्रहरीले ध के ल्दै आउँछन् । उनले यो मलाई के गरेको ? म विरामी छु भन्दै गर्छन । त्यती नै बेला प्रहरीले उनलाई जुरुक्क बोकेर लिएर हिड्छन् ।एक जना प्रहरी जवानले उनलाई जुरुक्कै बोकेर हिड्न थालेपछि त्यो दृष्य हेर्नेहरु रमाइलो मानिरहेका थिए । उनलाई प्रश्न गर्ने युट्युवरलाई पनि निकै रमाइलो पाराले जवाफ दिएका छन् ।

सरकारले कुलमानलाई नेपाल विद्युत प्राधिकरणमा कार्यकारी निर्देशकका रुपमा फेरी नियुक्ती नदिएपछि अहिले सामाजिक सञ्जालमा विरोध जनाएका छन । उनले आफु नेकपाकै कार्यकर्ता भएपनि सरकारले नियुक्त नगर्दा विरोध गर्न आएको बताएका छन् । उनले आफु नेपालका लागि कुलमान चाहिने भएकाले सडकमा आएको बताएका छन् ।

Related Articles

Back to top button
Close