News

नायिका आँचलले यस्तो अभिब्यक्ति दिएपछि सामाजिक सञ्जालमा ट्रोल बन्दै

काठमाडौं । लकडाउनका समयमा नेपालका धेरै कलाकारहरु विवादित बने । कोही उनीहरुले दिएका अभिब्यक्तिका कारण विवादित बने भने कसैलाई विवादित बनाइयो । नायीका साम्राज्ञी राज्यलक्ष्मीले नायक भुवन केसीलाई लगाएको आरोप अहिले त्यसको छिनोफानोका लागि अदालत पुगेको छ । त्यसपछि नायीका पुजा शर्मा एक अन्तरवार्ताका कारण ट्रोल बनिन् भने त्यसपछि टेलिभिजन कार्यक्रम प्रस्तोता प्रकाशले उनलाई फेरी विवादित बनाए ।

केही समययता एकपछि अर्को गर्दै नेपाली फिल्म क्षेत्रका कलाकारहरु विवादमा फस्ने गरेका छन् । भारतसंग भएको सिमा विवादको विषयलाई गलत ढंगले प्रस्तुत गर्दा वर्षा राउत विवादित बनिन् । महानायक राजेश हमालका बारेमा अभिब्यक्ति दिँदा बिचार नपुर्याउँदा दीपाश्री निरौला विवादित बनिन् । सामाजिक सञ्जालमा पनि यी कलाकारलाई ट्रोलिङ बनाइयो ।

यतिबेला भने अर्की कलाकार आँचल शर्मालाई सामाजिक सञ्जाल प्रयोगकर्ताले तारो बनाएका छन् । उनले पनि एक अन्तरवार्ताका क्रममा दिएको अभिब्यक्तिलाई लिएर ट्रोल बनाइएको छ । उनले एक अन्तर्वार्ताका क्रममा महिलाहरुले टिकटकमा हात हल्लाएर पनि आफ्नो कला देखाउन सक्ने बताएकी थिइन् । पुरुषका तुलनामा महिलाले लकडाउनको सदुपयोग राम्रो कामका लागि गरेको भन्ने आशयले उनले उक्त कुरा बताएकी थिइन् ।

उनले भनेकी थिइन्, ‘केटीहरु टिकटकै बनाए पनि क्रियटिभ हुन्छन्, किनकि दिमाग चलाएको हो नि, क्रियटिभ दिमाग त्यत्तिकै चल्दैन ।’ उनले केटाहरुले पब्जी खेल्ने तर युवतीहरु टिकटक बनाउने गरेको बताएकी थिइन् ।

आँचलको यो अभिव्यक्तिपछि सामाजिक सञ्जालमा उनलाई ट्रोल बनाइएको छ । ‘हात चलाउन जान्दैमा कोही क्रियटिभ नहुने’ भन्दै उनलाई मजाकमा उडाइएको छ । उनले सानैदेखि केटाहरु पब्जी खेल्न थाल्ने र केटीहरु टिकटक बनाउने थाल्ने देखिएको बताएकी थिइन् ।

Related Articles

Back to top button
Close