Video

क्यान्सर पीडित शुसिल वि.क.ले सहयोग गरी बचाई दिनु हुन अनुरोध गर्दै

बाग्लुङ्ग जिल्ला गलकोट नगरपालिका ११ रिघा निवासी यम बि .क. का छोरा सुशील बि. क. बर्ष १७ का हाल केहि साल देखी भारतको चण्डीगढ़ मा मजदूरी काम गर्दै आएको रहेछन् तर दुःख को कुरा केहि महिना अघि बाट उहाँ को कानमा क्यान्सर जस्तो घातक रोगले फेला पारेको रहेछ र भारत को चण्डीगढ़ PGI Hospital मा उपचार भई रहेको छन्। धेरै समय देखि सो रोग बाट बिरामी हुदा र अझै ठिक हुन समय लाग्ने भएको हुँदा आफु पनी बिरामी र घरको पनी आर्थिक अवस्था नाजुक भएकोले सहयोगको आसामा रहेको छन्।

उक्त जानकारी पाउँदा सम्पूर्ण मन का धनी सहयोगी मनहरू लाई जे जती हुन सक्छ उक्त भाई लाई सहयोग गरी ज्यान बचाई दिनु हुन हार्दिक अपिल गर्दै अस्ट्रेलिया निवासी सीता रसाइली बिश्वकर्माले गो फण्डमी मार्फत सहयोगको लागी अनुरोध गर्नु भएको छ। सहयोग गर्न इच्छुक व्यक्तिहरुले तलको लिंकमा गएर क्लिक गरि सहयोग गर्न सक्नु हुनेछ।

गो फण्डमी क्लिक  https://www.gofundme.com/f/3tha9c?

सहयोगको लागी अपिल गरिएको भिडियो

Related Articles

Back to top button
Close