
काठमाडौं । आइतवार प्रधानमन्त्री शेरवहादुर देउवाले विश्वासको मत लिँदा विपक्षी दल नेकपा एमालेमा भाँडभैलो भएको छ । नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओलीलाई पनि ८ सांसदले साथ छोडेका छन् । स्थायी कमिटी बैठकवाट विपक्षमा बस्ने र देउवालाई विश्वासको मत नदिने निर्देशन आएको भएपनि ८ सांसदले फ्लोर क्रस गरे ।
त्यस्तै एमालेकै माधव नेपाल पक्षका सांसदहरुले पनि देउवालाई विश्वासको मत दिएका छन् । एमालेले देउवालाई विश्वासको मत दिएन आफ्ना नेताहरु अब एमालेमा नरहने औपचारीक घोषणा गर्दा गर्दै ओली पक्षकै सांसदले फ्लोर क्रस गरेका हुन् । देउवाले अपेक्षा नै नगरेका ओली पक्षका सांसदवाट पनि विश्वासको मत पाएपछि उनको अबको कार्यकाल सुनिश्चित भएको छ ।
त्यस्तै माधव नेपाल समुहमा रहेका ८ सांसद तटस्थ बसेका छन् । सर्वोच्च अदालतमा देउवाको पक्षमा हस्ताक्षर बुझाउनेमा माधव नेपाल पक्षका २३ सांसद भए पनि एमाले एकता कायम राख्न भन्दै उनीहरुले देउवालाई विश्वासको मत नदिएका हुन् । नेपाल पक्षका बाँकी २२ मध्ये माधव नेपालसहित १४ जनाले देउवाको पक्षमा मतदान गरे ।
देउवाको पक्षमा मतदान गर्ने ओलीका सांसद प्रेम आले, हिरा केसी, पार्वती विसंखे, कलिला खातुन, समिमा हुसेन, धनबहादुर बुढा, किसान श्रेष्ठ र विनादेवी बुढाथोकी हुन् ।
तटस्थ बसेका माधव नेपालका सांसदहरुमा घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, यज्ञराज सुनुवार, दिपक भट्ट, नारायण खतिवडा, झपट रावल र सोमनाथ पाण्डे रहेका छन्
देउवालाई मतदान गर्ने माधव पक्षका सांसदहरुमा माधव नेपाल, विरोध खतिवडा, जीवनराम श्रेष्ठ,कृष्णलाल महर्जन, निरादेवि जैरू, सरला यादव, कल्याणी खड्का,लक्ष्मी चौधरी, माधव नेपाल, रामकुमारी झाँक्री, भवानी प्रसाद खापुङ, पवित्रा निरौला र मुकुन्द न्यौपाने छन् ।