Intresting

यी हुन् जि´न्दगी नै प´रिर्वतन गरिदिने हिन्दु ध´र्मका १० ज्ञा´न

यदी जिन्दगीमा परिर्वतन गर्ने हो भने हिन्दु धर्मका यी १० प्रकारका ज्ञान लिनु आवश्यक छ । जसबाट सुख, सम्पत्ति, समृद्धि, निरोगी र शान्ती मिल्नेछ ।

गीता- वेदमा ज्ञानलाई नयाँ तरीकाबाट कसैले व्यवस्थित गरेका छन् । उनी हुन् भगवान श्रीकृष्ण । गीतामा भक्ति, ज्ञान र कर्मको मार्ग नबुझेमा अरु केही बुझन् सकिदैन । योगः योग नै धर्म र आध्यात्माको एक वैज्ञानिक पथ हो । यसको माध्यमबाट जिन्दगी बदलिनेछ ।योग मुख्यत ब्रह्मयोग र कर्मयोगमा विभाजित छन् । पंतजलिले योगको व्यवस्थित रुप दिएको छ । योग सुत्र योगको सबैभन्दा उत्तम सुत्र हो ।

आयुर्वेद- आयुर्वेद अनुसार जीवन जिउँदा कुनै प्रकारका रोग शोक हुँदैन । आयुर्वेदको प्रथम उपदेशक धन्वंतरी ऋषिलाई मानिएको छ । षड्दर्शनः षड्दर्शनमा ६ दर्शन छन् । न्याय, वैशाषिक, मिमांसा, साख्य, वेदान्त र योग  ज्योतिषः ज्योतिषलाई वेदको नेत्र भनिन्छ ।

वास्तु शास्त्र- वास्तु शास्त्रअनुसार यज्ञ मण्डप, मन्दिर, देवालय, घरको निर्माण गरिएको हुन्छ । वास्तु अनुसार घर भएमा जीवन सुखी हुनेछ।यज्ञः यज्ञलाई पुजा पाठ वा कर्मकाण्ड सम्झन हुँदैन् । यज्ञ ब्रह्मयज्ञ, देवयज्ञ, पितृयज्ञ, वैश्ययज्ञ र अतिथि यज्ञ गरी ५ प्रकारमा विभाजन गरिएको छ । देवयज्ञलाई अग्निहोत्र कर्म भनिन्छ । यज्ञको विवरण यर्जुदेवमा पाइन्छ ।

तन्त्र शास्त्र- तन्त्र मुलत शैव आगम शास्त्रमा जोडिएको पाइन्छ, तर यसको मुल अथर्ववेद हो । तन्त्र विद्याको माध्यमबाट व्यक्तिले आफ्नो आत्मशक्तिको विकास गरेर केही प्रकारका शक्तिबाट सम्पन्न गर्न सक्छ ।मन्त्र मार्ग- मन्त्रको अर्थ मनलाई एकत्रित गर्ने। मन जब मन्त्रको अधिनमा हुन्छ तब उ सिद्ध हुन्छ । मन्त्र मुख्यत वैदिक, तान्त्रिक र शाबर मन्त्र हुन्छन्।

जाति स्मरण मार्ग- पुर्व जन्मबारेमा जान्न प्रयोग गरिनेलाई जाति स्मरण भनिएको छ । दिनचर्याको क्रम जारी राखेर मेमोरी रिर्वस लाई बढाउछ यो नै जाति स्मरणको विधि हो। यसबाट पुर्व जन्मको बारेमा जान्न सकिन्छ ।

Related Articles

Back to top button
Close