मंगलबार ०५ आश्विन २०७८

काठमाडौ । संसद भवनमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिर्दै गर्दा नेकपा एमालेको माधव नेपाल पक्षका १५ सांसदहरुले तटस्थ बस्ने निर्णय गरेका छन् । एमालेको विवाद समाधानका लागि गठन भएको कार्यदलका सदस्य सहित अन्य सांसदहरुले यस्तो निर्णय गरेका हुन् ।

देउवालाई विश्वासको मत दिने विषयमा विवाद भएकै कारण विघटित कार्यदलका नेपाल पक्षका संयोजक भिम रावलले भने सांसदवाट राजिनामा दिइसकेका छन् । एमाले विवाद मिलाउन गत जेठ २ गते गठित कार्यदलमा रहेका नेपाल पक्षीय सदस्यहरुसहित १५ सांसदले विश्वासको मतका क्रममा तटस्थ बस्ने निर्णय लिएको सो पार्टीका नेताले बताएका छन् ।

एमालेको माधव पक्षका नेताले भोट नदिए पनि देउवाका लागि विश्वासको मत भने पुग्ने भएको छ । नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा केही बेरअघिसम्म भएको छलफलपछि एमाले स्थायी कमिटीका ४ सदस्यहरु घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र योगेश भट्टराई तटस्थ बस्ने निर्णय गरेका हुन् । उनीहरु ओली पक्षका दोस्रो तहका नेताहरुसंग वार्तामै छन् ।

उनीहरु जस्तै सांसदहरु दीपकप्रकाश भट्ट, यज्ञराज सुनुवार, नारायण खतिवडा, झपड रावल, राजबहादुर बुढा, सोमप्रसाद पाण्डेसहितले दुवै पक्षमा मतदान नगरी तटस्थ बस्ने जनाएका छन् । आफुहरु पार्टी एकताकै पक्षमा रहेकाले यस्तो निर्णय गरेको उनीहरुले बताएका छन् ।

१५३ पटक हेरिएको

तपाईको प्रतिक्रिया