बिहिबार २३ आषाढ २०७९

केही समय पहिले नेता भीम रावललाई नेकपा एमाले पार्टीको कार्यवाहक अध्यक्ष पद दिने समाचार बाहिरिएको तर उक्त कुराको स्वयं नेता रावलले बिरोध गरेका थिए । पछिल्ला घटनाले पार्टी अध्यक्ष केपी शर्मा ओलीले रावललाई उक्त आश्वासन दिएको शंका गर्न सकिने ठाउँ देखिएका छन् ।

परिवर्तित राजनैतिक घटनामा नेकपा एमालेको विवाद नयाँ रुपमा आएको छ । ओलीले माधव नेपाल गुटमा फुट ल्याउन सफल भएका छन् । माधव नेपालसँग रहेका २६ मध्ये १५ मात्र सांसद पछिल्लो समय माधव नेपालको कदमप्रति प्रतिवद्ध देखिएका छन् ।

यसैबिच नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सांसद पदबाट राजीनामाको घोषणा गरेका छन् । अछाम क्षेत्र नम्बर १ बाट निर्वाचित भएका उनले आइतबार सिंहदरबारमा भएको माधव नेपालपक्षका सांसदहरुको भेलामा राजीनामा दिएको घोषणा गरेका हुन् ।

आफ्नो पार्टीको आन्तरिक विवादबाट विकसित राजनीतिक घटनाक्रमका कारण एमाले उपाध्यक्ष भीम रावलले सांसद पदबाट आइतबार राजीनामा दिएको बताएका छन् । सर्वोच्च अदालतको आदेशमा देउवा प्रधानमन्त्री नियुक्त भएर विश्वासको मत लिने दिन रावलले राजीनामाको घोषण गरेका हुन् ।

रावलले उच्च राजनीतिक तहमा अनैतिक राजनीतिक गतिविधि देखिएको भन्दै आफू देश र जनविरोधी राजनीतिको मतियार नहुने बताए । ‘‘तसर्थ देश र जनविरोधी राजनीतिको मतियार हुनुभन्दा त्यस दूषित खेलबाट आफूलाई अलग गर्दछु’ उनले राजिनामाको घोषणा पछि पत्रकारहरुमाझ भने ।

१४१ पटक हेरिएको

तपाईको प्रतिक्रिया