रोचक

मोटोपन घटाउन चाहनुहुन्छ ? शरिरका यी ५ भाग नियमित दबाउनुहोस्

काठमाडौँ । मानिसहरु मोटोपन घटाउन नियमित डाइट, एक्सरसाइज तथा योगा गर्ने गर्छन् । तर तौल घटाउनको लागि एक्युप्रशेसर प्रविधिको पनि प्रयोग गर्न सकिन्छ।यस प्रविधिमा शरिरको केहि महत्वपूर्ण भागहरुमा प्रेसर दिनुपर्छ । यसको माध्यमले भोक नियन्त्रण हुन्छ र यसकारण तौल घटाउन सहयोग पुग्छ । एक एक्यूप्रेशसर एक्सपर्टका अनुसार यो प्रविधि डाक्टरको सल्लाह अनुसार नै उपयोगमा ल्याइएको हो। उनको अनुसार तौल घटाउनको लागि शरिरको निम्न भागहरुमा दबाउनुपर्दछ :

१) कानभन्दा अगाडिको भागमा औलाले ३ मिनेट दबाएर राख्ने । यो विधि नियमित रुपमा अपनाएमा भोक नियन्त्रण हुन्छ र यसले तौल घटाउन सहयोग पुग्छ।

२) घुँडाको पछाडीको भागमा नियमित एक मिनेटसम्म दबाएर राख्दा डाइजेशनमा सुधार भई तौल नियन्त्रणमा सहयोग पुग्छ ।

३) दुबै हत्केलाको माथीको भागलाई दुई मिनेटसम्म थिचेर राख्ने।

४) पेटको नाइटो नजिकको दुबैपट्टिको भागलाई दुई–दुई औलाले एक मिनेटसम्म दबाउने ।५) एक हातको कुहिनामा अर्को हातको बुढी औलाको सहयोगले

५ मिनेटसम्म दबाएर राख्ने । यो प्रक्रिया दुबै हातमा पालैपालो गर्ने ।

Related Articles

Back to top button
Close