मंगलबार १२ आश्विन २०७८

काठमाडौं । कोरोना संक्रमणको प्रभाव विस्तारसंगै देखिएको अर्को घातक रोग हो, कालो ढुसी अर्थात् म्युकरमाइकोसिस नेपालमा पनि यो रोगले आफ्नो जालो फैलाउँदै गर्दा काठमाडौंसहित तराईका केही जिल्लामा यस्का विरामीहरु बढेका छन् ।

कालो ढुसी पनि भनिने म्यूकोर हाम्रो वातावरणमा प्राकृतिक रूपमै पाइने एक प्रकारको ‘अवसरवादी’ ढुसी हो जसको सङ्क्रमणबाट म्यूकोर्माइकोसिस हुन्छ। काठमाण्डूको तिलगङ्गा इन्स्टिच्यूट अफ अफ्थ्याल्मलजीका प्रमुख कार्यकारी अधिकृत तथा कोर्निआ विशेषज्ञ डा. रीता गुरुङका अनुसार मानिसमा रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका बेला म्यूकोर्माइकोसिस हुने गर्छ।

हालसम्म नेपालमा २२ जनामा यो रोग पुष्टि भएको छ भने ४ जनाको मृत्यु भएको छ । ब्लाक फंगल्स समेत भनिने यो रोगले छिमेकी मुलुक भारतमा ठूलो संख्यालाई प्रभावित पार्दै गर्दा नेपालमा पनि बढी जसो उमेर ढल्किएका, मधुमेह र रोग प्रतिरोधी क्षमता गुमाएकाहरुमा देखिन थालिएको छ ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै कोभिड १९ संक्रमण नभएका व्यक्तिहरुमा पनि कालो ढुसी देखिन सक्ने हुँदा रोगप्रतिरोधी क्षमता गुमाएकाहरुलाई सचेत गराएको छ । मन्त्रालयले मधुमेहका रोगीसहित प्रतिरक्षा प्रणाली कमजोर भएका, स्टेरोइडको अत्याधिक प्रयोग गरेका र क्यान्सर रोग भएका व्यक्तिहरुमा पनि यो रोग देखिन सक्ने हुने सचेत हुन आग्रह गरेको छ ।

नेपालमा ४० बर्षमाथि देखिका ६० बर्षसम्ममा वयस्क नागरिकहरुमा यो रोग देखिएको छ । अत्यन्त घातक र दुर्लभ मानिएको यो रोगबाट नेपालमा हालसम्म चार जनाको मृत्यु भएको छ । २२ जना बढीमा यो रोग देखिएकोमा त्रिभूवन विश्वविद्यालय शिक्षण अस्पतालमा १६ जनाको यो रोगको उपचार भइरहेको छ । जस्मा केहीले भने स्वास्थ्यलाभ गरेर फर्किएका छन् ।

१४६ पटक हेरिएको

तपाईको प्रतिक्रिया