Video

कुलमान बिदाईमा बोल्दा बोल्दै रसाए आखाँ रो´कीयो बोली यस्तो छ प्राधिकरणमा अ´न्तिम सम्बोधन (हेर्नुहोस भिडियो)

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई मंगलवार बिदाइ गरिएको छ ।नेपाल विद्युत प्राधिकरणमा आयोजित एक कार्यक्रममा घिसिङलाई बिदाइ गरिएको हो ।प्राधिकरणमा ४ वर्षे कार्यकाल सकिएपछि बिदाइ कार्यक्रममा बोल्दै घिसिङले आफूले कार्यकारी निर्देशकका रहँदा प्राधिकरणले हासिल गरेका उपलब्धिका बारेमा चर्चा गरेका थिए । साथै उनले आफूले पूरा गर्न नसकेका कामका बारेमा पनि उल्लेख गरेका थिए ।

घिसिङले कार्य सम्पादन मूल्याङ्कनमा हरेक वर्ष ८५ प्रतिशतभन्दा बढी अंक ल्याउन सफल भएको ३४ अर्ब ६१ करोड सञ्चित घाटामा रहेको कम्पनीलाई नाफामा पुर्‍याएको बताएका थिए ।उनले देशलाई लोडसेडिङमुक्त बनाउन सफल भएको, प्राधिकरणको प्रशासनिक सुधार गरेको लगायतका विषयमा पनि चर्चा गरेका थिए ।नेपालमा दैनिक १८ घण्टासम्म लोडसेडिङ भइरहेका बेला कुलमानले लोडसेडिङको अन्त्य गरेपछि उनी एकाएक सबैको प्रिय बनेका थिए ।

उनले बिदाइका क्रममा आफूलाई प्राधिकरणमा नियुक्त गर्ने तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल, तत्कालीन उर्जामन्त्री जनार्दन शर्मा, उर्जामन्त्रीद्वय कमल थापा र महेन्द्र शाही, हालका प्रधानमन्त्री केपी शर्मा ओली, हालका उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनप्रति कृतज्ञता व्यक्त गरे ।

Related Articles

Back to top button
Close