News

असोज ५ गतेसम्मका लागि सबै बन्द गर्ने निर्णय, भर्खरे आयो यस्तो खबर

जाजरकोट । एक साताका लागि नलगाड नगरपालिका सिल गरिएको छ ।कर्मचारीमा कोरोना संक्रमण देखिएपछि जाजरकोटको नलगाड नगरपालिका एक हप्ताका लागि सिल गरिएको हो ।नगरपालिकाका तीनजना कर्मचारीमा कोरोना भाइरस पोजिटिभ देखिएपछि आगामी असोज ५ गते सम्मका लागि नगरपालिका सिल गरिएको नगरपालिकाले जानकारी दिएको छ ।

संक्रमित कर्मचारीलाई आइसोलनमा राखेर उपचार गरिएको छ । कोरोना संक्रमण फैलन सक्ने भन्दै एक हप्ताका लागि नगरपालिकाको सबै कामकाज बन्द गरिएको बताइएको छ । जाजरकोटमा हाल सम्म ६४ जना कोरोना संक्रमण भएको छ ।त्यसमध्ये ५६ जना निको भएर घर फर्किसकेका छन् भने बाँकीले विभिन्न आइसोलेसनमा उपचार गराइरहेका छन् ।

Related Articles

Back to top button
Close