News

विद्युत प्राधिकरणका एक कर्मचारीको मृ*त्यु , काम गर्दागर्दै यसरी गयो ज्या*न

पर्वत ३० भाद्र । पर्वतमा बिजुलीको पोलबाट खसरे विद्युत प्राधिकरणका कर्मचारीको मृत्यु भएको छ । मृ त्यु हुनेमा बागलुङ नगरपालिका–१ रामरेखाका ३५ वर्षीय भोलाराम शर्मा रहेका छन् ।

सोमबार साँझ कुश्मा नगरपालिका–७ खरेहामा विद्युत मर्मतका लागि काम गरिरहेका बेला उनी पोलबाट खसेका थिए । खसेर ढुंगामा बजारिएका उनलाई उपचारका लागि पर्वत अस्पताल लगिएपनि चिकित्सकले मृत घोषणा गरेका थिए ।

शर्मा नेपाल विद्युत प्राधिकरणमा तेस्रो तहको इलेक्ट्रिसियन पदमा कार्यरत थिए। आइतबार रातीको अविरल वर्षापछि सदरमुकाम कुश्माका विभिन्न ठाउँमा विद्युतका पोल तथा तारमा क्षति पुगेको थियो ।

सबै ठाउँको विद्युत मर्मत गरेपनि खरेहामा बत्ती नबलेपछि साँझ साढे ७ बजे उनी प्रसारण लाइन मर्मत गर्न पोलमा चढेका थिए।

Related Articles

Back to top button
Close