सोमबार २० आषाढ २०७९

देश आधुनिकीकरणमा भिज्दै गर्दा नेपाली मौलिक चाडपर्व पनि साघुरिदै गएको छ । हरेक वर्ष चाडपर्वको महत्त्व घटिरहेको महसुस गर्न सकिन्छ । यता, कोरोना महामारी सुरुभएदेखी त दशै-तिहार, तिज लगायतका विशेष चाडपर्व खुलेर मनाउन पाईरहेको अवस्था छैन् । यस्तैमा हिन्दु नेपाली महिलाहरूको महान पर्वको रुपमा रहेको तीज नजिकिदै छ । तीज आउन अझै २ महिना बाकी रहदा सो संगै सम्बन्धित गीतहरु भने छायांकन तथा सार्बजनिक हुन थालेको छ ।

जमघट तथा सास्कृतिक कार्यक्रम गतवर्ष देखिनै कोरोनाका कारण गर्न नसकिएपछी यहि युट्युबमा आउने गीतमा मात्रै सिमित छ तीज । यतिबेला दैनिक जसो तीजका गीत छायांकन तथा युट्युबमा सार्बजनिक भैरहेका छन् । यस्तैमा ‘यसपालिको तीज’ बोलको गीत पनि सार्बजनिक भएको छ । हेर्नुस् भिडियो यस्तो बनेको छ ।

९९ पटक हेरिएको

तपाईको प्रतिक्रिया