News

नेपालले उर्जाशील साहित्यकार गुमायो, भट्टराईले आखिर किन जीवन त्यागिन् !

काठमाडौं । नेपालले एक चर्चित साहित्यकारलाई गुमाएको छ । सुनसरीको इटहरी–५ पचरुखीकी गीता भट्टराई आफ्नै कोठामा मृत अवस्थामा फेला परेकी छन । सोमबार दिउँसो ११ बजे देखि घरमा एक्लै रहेकी भट्टराई मृत अवस्थामा फेला परेकी हुन् । पारिवारिक सदस्यले साँझ ५ बजे ढोका खोल्न आग्रह गर्दा नखोलेपछी झ्यालबाट हेर्दा सिलिङ्ग फ्यानको पत्तामा मृत अवस्थामा लाश फेला परेको थियो ।

१ छोरा र १ छोरीकी आमा भट्टराई पछिल्लो समय कविता गजल रचना गर्नुका साथै गायनमा समेत क्रियाशिल थिइन् । उनलाई सामाजिक सञ्जालमार्फत घरदेश तथा परदेशमा रहेका साहित्यकारहरुले दुःख व्यक्त गरिरहेका छन् । उनले जीवन त्याग गरेको प्रारम्भिक आशंका गरिए पनि कारण भने अहिलेसम्म खुलेको छैन ।

Related Articles

Back to top button
Close