बुधबार २० साउन २०७८

काठमाडौँ । भारतीय चर्चित नायिका करिना कपुर २ सन्तानकी आमा बनिसकेकी छिन् । दुई छोराकी यि आमाले हालै
इन्स्टाग्राममा एउटा तस्वीर राखिन्, जसमा प्रेग्नेन्सीको प्रसंग राखिएको छ । उनको उक्त तस्विर देखेर जो कोहीले उनी फेरी गर्भवती त भएकी होइनन् भने झुक्किन सक्छन् ।

करिनाले ‘सोनोग्राफी’को तस्वीरसँगै ‘केही रोमाञ्चक चिजमा लामो समयदेखि काम गरिरहेकी छु । यो त्यो काम होइन, जो तपाईं सोच्दै हुनुहुन्छ । छिट्टै यसको घोषणा गर्नेछु । तबसम्म यसै प्लेटफर्ममा रहनुहोला ।’ भनेर लेखेकी छिन् । खासमा करिनाले आफ्नो गर्भावस्थाको अनुभव समेटिएको पुस्तक सार्वजनिक गर्न लागेकी हुन् ।

करीनाले आफ्नो पुस्तकलाई ‘तेस्रो बच्चा’को संज्ञा दिएपछि करिना अहिले फेरी गर्भवती रहेको भन्दै भारतीय मिडियाले उल्लेख गरेका छन् । करिनाका अनुसार नयाँ आउन लागेको पुस्तकमा गर्भावस्थाको शारीरिक र मानसिक अनुभव समेटिएको छ । करिनाले ‘कैयौं अर्थमा यो पुस्तक मेरो तेस्रो बच्चाजस्तै भएको भन्दै तेस्रो बच्चाको संज्ञा दिएकी हुन् ।

८२ पटक हेरिएको

तपाईको प्रतिक्रिया