IntrestingNews

स्याङ्जाका एक व्यक्तिको घरमा खानतलासी गर्दा प्रहरीले जे भेट्यो, एकजना पक्राउ

बाघको हड्डीसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पुतलीबजार नगरपालिका–१३ आहालेका केहरसिंह नेपाली रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो । बाघको जस्तो देखिने हड्डी लुकाईछिपाई राखेको भन्ने सूचनाका आधारमा प्रहरी टोलीले नेपालीको घरमा खानतलासी गरेको थियो ।

खानतलासीका क्रममा घरको दोस्रो तलामा काठको ठेकीभित्र लुकाइराखेको बाघको जस्तो देखिने शरीर, टाउको, बङ्गारा, च्यापुसमेत साना तथा ठूला गरी जम्मा ८१ वटा हड्डी फेला परेकाले र ती हड्डीहरु बरामद गरी आज डिभिजन वन कार्यालयमा आवश्यक कारबाहीका लागि पठाइएको प्रहरी प्रवक्ता समेत रहनुभएका अधिकारीले बताउनुभयो ।

Related Articles

Back to top button
Close