News

कुलमान घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः नियुक्ति गर्न प्रधानमन्त्रीले मानेनन्

काठमाडौं । सोमवार बसेको मन्त्रीपरिषद बैठकमा नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुन नियुक्त गर्ने आशा गरिएको थियो । तर सोमवार त्यसवारे कुनै निर्णय भएन । प्रधानमन्त्री केपी शर्मा ओलीले नचाहेका कारण कुलमानलाई पुन नियुक्त नभएको बताइएको छ । सोमवार बसेको मन्त्रिपरिषद् बैठकमा उनलाई नियुक्त गर्न ऊर्जामन्त्री वर्षमान पुनले विषय प्रवेश गराएपनि प्रधानमन्त्री ओलीले यसबारे कुनै निर्णय लिन मानेनन् ।

प्रधानमन्त्री ओलीले प्राधिकरणमा कार्यकारी निर्देशक बन्न प्रतिष्पर्धाबाट आउनुपर्ने विषय उठाए पछि कुलमानको पुन नियुक्ति नभएको हो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले पनि सामाजिक सञ्जालमा त्यस्तै अभिब्यक्ति लेखेका छन् । उनले कार्यकारी निर्देशकका लागि कुलमानले नयाँ नियुक्तिको प्रकृयावाट आउनपर्ने भन्दै स्टाटस लेखेका छन् । यसवाट अब कुलमान विद्युत प्राधिकरणमा नआउने पक्का भएको शंकेत मान्न सकिन्छ ।

गएको मध्यरातबाट कुलमान प्राधिकरणको कार्यकारी निर्देशकका रुपमा चार वर्षे कार्यकाल सकिइसकेको छ । उनको पुनः नियुक्ति नभएपछि निमित्तले चलाउन थालेका छन् । अब प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिमा प्रतिष्पर्धाबाट चयन गरिने तयारी भएको बुझिएको छ । यसैगरी, माइतीघर मण्डलामा सोमवार साँझ कुलमान घिसिङको पक्षमा नारावाजी भएको छ । सामाजिक सञ्जालमा पनि उनको पुनःनियुक्तिको दबाब बढिरहेको छ ।

Related Articles

Back to top button
Close