Intresting

नपढ्ने लाइ ठुलो दशा लाग्नेअबस्य पढेर नाग देवताको दर्शन गरौ

दशा आफुलाइ जतिसुकै सबारे पनि, आफ्नो नामको अगाडी-पछाडी जतिसुकै बिशेषणहरु जोडेपनि, जस्तोसुकै सुविधा संग जिवन बिताए पनि, जिवनमा जतिसुकै उपलब्धि गरेपनि, हामी लाइ एउटा धृणित सत्यको दुर्गन्धले सधै पछ्छाई राख्ने छ; त्यो हो हामी संसारको कंगालतम् देशहरु मध्यको एक देशका नागरीक हौ। हामी कसरी कंगाल भयौ? हाम्रो कंगालपनको कारण के हुन सक्ला? के हामी भोतिक रुपमा मात्र गरिब छौ? यी प्रश्नहरु आज हाम्रो समाजले आत्म समालोचना गर्नको लागी सोध्नु पर्ने भएकोछ।

प्राकृतिक सम्पदाको दृष्टिले हेर्ने हो भने हाम्रा पुर्बजहरूले हामीलाई सम्हाल्न सक्ने भन्दा बढी सम्पती दिएर गएका छन्। हाम्रो तराइले हामी सबैलाई प्रसस्त खुवाएर बङगलादेशमा निर्यात गर्न सक्ने खाद्य पदार्थ उत्पादन गर्न सक्छ, तर हामी खेतिको ज्ञानबाट बंचित छौ र गरीब छौ। हाम्रा पहाडका नदीनालाहरु, सारा देशलाई उज्यालो पारेर, सबलाई खाना पकाई खुबाएर, घरघरमा यातायात पुगाएर, हरेक घरमा आधुनिक मशिनहरु चलाइ दिएर, भारतबाट बिदेशी मन्द्रा आर्जन गर्न सक्ने क्षमताबान छन; तर हामीसंग बिजुलि निकाल्ने बिध्या छैन; हामी त्यसैले गरीब छौ। हाम्रा हिमालहरुले हामीलाई प्रसस्त बिदेशी मुन्द्रा दिन सक्छन; तर हामीलाई पर्यटन ब्यबसायको ज्ञान छैन, बिदेशी मुन्द्रा तान्नसक्ने कला छैन; हामी त्यसैले गरिब छौ।

सधै भुइचालो गैरहने, र समुन्द्री तुफानहरुले सताइ राख्ने भुमिलाई जापनिजहरु ले, एक उदाहरणीय देशको रुपमा चिनाए। हामी जहिले पनि देशको भुपरिबेष्ठितालाई दोष दिदै उम्कन खोज्छौ। यथार्थमा हामीलाई कंगाल बनाउने हाम्रो आफ्नो अप्रगतिशील समाजिक संरचनाहो, हाम्रो आफ्नो गलत धारणा हो, हाम्रो आफ्नो कुसंस्कार हो, हाम्रो आफ्नो आलशीपन हो, हाम्रो आफ्नो दुर्गतिशील बिचारधारा हो। हाम्रो भोतिक कंगालपन हाम्रो बैचारिक कंगालपनको प्रतिबिम्ब मात्र हो।

हामी यति कंगाल छौ कि आफ्ना पुर्बजहरुले कमाईदिएको अमुल्य मणिलाई, नचिनेर ढुङगा सरह ठान्छौ। त्यसको ज्वलन्त उधाहरण हो “दशा”। गरीब देशका गरीब नागरीक हामी नेपाळिका लागी दुख एक घनिष्ठ सम्बन्धी हो, जहांकी आजभन्दा २५०० बर्ष अघी, यस धर्तीका एक महापुत्रले संसारलाई दुख बिनासको बाटो देखाएका थिए। ति महापुरूष बुद्ध का बाणीहरु आजपनि परिशुद्द अबस्थामा पाईन्छन्।

ईमे दुख्ख निरोध गामीनी पतिपदा। यो दुखलाई जरैबाट उखेल्ने बाटो हो। सब्बथ संबरो भिक्खु सब्ब दुख्ख पमुच्चति। अति अनुशासित ब्यक्ति, सारा दुखबाट पार हुन्छ। दुख्खे याणं, दुख्ख समुदय ञाणं, दुख्ख निरोधे ञाणं, दुख्ख निरोध गामीनि पटिपदाय ञाणं। दुख के हो जान्नु, दुखको उत्पति जान्नु, दुखको बिनास जान्नु, र दुख बिनास गर्ने बिध्या जान्नु।

शिद्दार्थ गोतम जीबनका दुखलाई देखेर ती दुखबाट छुटकारा पाउने बिध्या खोज्न हिडेका थिय। छ बर्षको खोजि पछि उहांले दुख नास गरने बाटो पत्ता लगाएको ऐलान गर्नु भयो र त्यो बाटोमा हिड्न सिकाउदै हिड्नु भयो। आज आफुलाइ बिद्वान मान्दै हिड्नेहरु, बिषयको जानकारी बिना प्रतिकृया दिन मन पराउछन्, तर बुद्धको मातृभुमिमा उहांको शिक्षाको बारेमा जान्ने मान्छेहरु नगन्य मात्रामा छन।

बुद्दले आफ्नो जिन्दगिको ४८ बर्ष दुखको ज्ञान र त्यसको बिनाषको बाटोको शिक्षा दिएर बिताउनु भयो। ४८ बर्षमा बुद्धले ८४,००० वटा उपदेशहरु दिनु भयो। तिनीहरुको सारंश अनेक प्रकारले ब्यक्त गर्न सकिन्छ, त्यो मध्य एक हो “दशा”।

वुद्दको जन्मभुमी नेपालका अधिकांस बासिन्धाहरु आजपनि, दुख, आपदा, बिपदा पर्दा भन्ने गर्छन – मेरो त दशा खराब रहेछ। अथबा, मेरो त दशा बिग्रेको रहेछ। सुगाले गीत गाए जस्तै प्रायजस्तो सबैलाई दशाको अर्थभने थाह हुदैन। के हो त आखिरमा दशा? दशा बुद्धको शिक्षाको सारंस हो। दशा हाम्रा पुर्वजहरुको आबिश्कार हो। बुद्ध दशालाई यसरी लय हालेर गाउनु हुन्थ्यो, ताकी लेखन पढ्न नजान्ने त्यो जमानाका मान्छेहरु कन्ठस्थ गरेर याद गर्न सकुन।

दानं शिलं च निक्खमं, पञ्या, विर्यं च पञ्चमं। खन्ति,सच्च, मधिठ्ठानं, मेत्ता, पेख्खा, तिमे दश:।। दान (१), शिल (२), त्याग (३), ज्ञान (४), पराक्रम (५)। क्षमा (६), सत्य (७), दृढनिष्चय (८), मैत्री (९), उपेक्क्षा (१०)।।

उपरोक्त दश गुणहरु नै नेपालीले भन्ने गरेका “दशा” हुन र तिनीहरको निरन्तर अभ्यास नै, बुद्दको र ऋषिमुनिहरुको शिक्षा हो। यी दश गुणहरु जति जति परिपुष्ठ हुन थाल्छन, त्यति, त्यति दुख्ख नास हुदै मनमा सुख उत्पन्न हुन थाल्छ। सास्त्रको अध्यायन गरेर बिद्बान कहलिने हाम्रो समाजले यो बुझ्न आबस्यक छकी, कुनै चिजको बारेमा पढेर, सुनेर बिद्वान बनिदैन, ताकी त्यो बिषयको प्रयोग गरेर त्यसमा पारंगत प्राप्त गरेर बिद्वान बनिन्छ। त्यसैले उपरोक्त दश गुणहरु थाहा पाउनुले कसैलाई बिद्वान बनाउदैन, कसैलाई ज्ञानी बनाउदैन। ति गुणहरुको अभ्यासले जीबनमा सकारात्मक परिबर्तन ल्याउछ र अभ्यास गर्ने ब्याक्तिलाई आफ्नो अनुभब बाट केहि सिकाउछ, त्यहि साँचो ज्ञान हो। यी दशवटा गुणको अभ्याश गर्दै जादा, यी गुणहरु परिपक्क हुदै। जति जति यी गुणहरु परिपक्क हुदै जान्छन जिन्दगीमा पुर्णता आएको अनुभब हुन्छ, अर्थात दुखहरु कम हुदै गएको अनुभब हुन्छ। यी दश गुणहरु को पुष्ठता दुखको सागरबाट पार गराउने भएकोले यिनीहरुलाई दश पारमिता पनि भनिन्छ।

यी दश गुणहरु मध्य आज म पहिलो गुणको अभ्यासको बारेमा भन्ने छु।

आज पनि हाम्रो समाजमा दुख पर्दा, समस्या पर्दा, दशा लागे अथवा दशा बिग्रे भनेर दशा सपार्न दान गर्ने चलन छ। दाल, चावल, तरकारी, पैसा आदी ब्रम्हाणलाई दिनुलाई दान भनिन्छ। कोहि मुर्खहरु त कालो बोका काटेर दशा सपार्न खोज्छन। हामीले आज दानलाई एक कर्मकाण्ड बनाएका छौ। दानको साधारण अर्थहो दिनु। प्राचिन कालमा ब्रह्माण, श्रमणहरु सम्पति प्रति लालच नभएका ज्ञानी हुन्थे र गृहस्थहरुले उनिहरुलाई बोलाएर खाना, लुगा आदी दिन्थे। आज हामीले त्यहि चलनलाई एक सामाजिक, धार्मिक दम्भ बनाएका छौ। यो बैज्ञानिक युगमा खुला दिमाखले सोच्नु पर्ने समाय आएको छ। खराब समय आउदा बुझ्दै नबुझ्ने भाषामा मन्त्र पढेर, दाल चामल, पैशा आदी बस्तुहरु पुजारीलाई दिएर राम्रो समयको आशा गर्नु एक अन्धविश्वास बाहेक केही हुन सक्दैन। अझै दानको नाममा बोका काट्नु भनेको त दुखेको घाऊलाई आगोले पोलेर ठिक गर्न खोज्नु जस्तो हो।

दिनु (दान) एक बैज्ञानिक अभ्यास हो। आज बैज्ञानिक हरुले प्रमाणित गरिसकेका छन कि दिनाले जीबनमा सकारात्मक परिबर्तन ल्याउछ। दिने मानिस को सुख बढ्छ। कति दिन्छ भन्ने कुरा महत्बपुर्ण हुदैन, कस्तो मनले दिन्छ भन्नेकुरा महत्बपुर्ण हुन्छ। युनिभर्सिटी अफ बृटिस कोलम्बिया र अन्य युनिभर्सिटीको सामुहिक अध्यायन बाट आज बैज्ञानिकहरुले प्रमाणित गरेका छन की दानले जीबनमा खुसी ल्याउछ भन्ने कुरा। धेरै जानकारीको लागी तलको वेबसाइट हेर्नुहोस।

साधारण तया पनि खुला ह्रदयले दिने मान्छेलाई सबैले मन पराउछन्, कन्जुसलाई सायदै कसैले मन पराउलान। के तपाईले कहिल्यै दानको अभ्यास गर्नु भएको छ? मैले त बुद्दको शिक्षाको बारेमा जान्नु अधि त्यसको अभ्यास गर्ने गरेको थिएन, यद्दपि मैले सुनेको थिए दान दिनु राम्रो हो भन्ने कुरा।

म समय समयमा दानको अभ्यास गर्छु। आफ्नो क्षमताअनुशार आबश्यकता भएको ब्यक्ति वा संग्थालाई म खुसी मनले दिने गर्छु। दानको अभ्यासले मलाई प्रसन्नता दिन्छ। पुण्यमे कतन्ती नन्दती (आहा मैलेत पुञ्य गरेको छु) भन्ने सोचेर मन आनन्दित हुन्छ। यो मेरो प्रत्यक्ष अनुभव हो। मैले दान दिने रकम मेरो आए र आर्थिक स्थितीको तुलनामा गन्य भएपनि, त्यसले मेरो जीबनमा कुनै नकारात्मक असर पारेको मलाई अनुभब छैन, यो मेरो दोस्रो प्रत्यक्ष अनुभव हो। अर्थात, आफ्नो सम्पतिको केही अंश राम्रो कारणको लागी दिदा तत्काल केही गुमेजस्तो लागेपनि यथार्तमा त्यसले जीबनमा धेरै ठुलो सुपरिणाम ल्याएको हुन्छ। अत: हामीले दान गर्दा केही गुमाएको जस्तो लागेपनि यथार्थमा लाभ बढी पाइराखेका हुन्छौ। आखिर जिन्दगीमा सम्पती २ + २ ‍= ४ जस्तो अर्थमीतीको सुत्रले जोड्न सकिदैन, सम्पती जोड्न पनि दशा को प्रमुख भुमिका हुन्छ।

दिदा खेरी जान्नुपर्ने एक महत्वपुर्ण कुरा के हो भने, मनको स्थिती। दान दिदा लोभयुक्त मनले दिनु हुदैन। किन? किनकी यदि केहि पाउने आशामा दिन दियौ भने दानको आधारमा हामी ब्यापार गरिरहेका हुन्छौ। हामी दानलाई लगानीको रुपमा हेरी रहेका हुन्छौ। शुद्द दानले मनको लोभलाई कम गरिदिन्छ। खासगरी दान गरिन्छ नै मनको लोभ हटाएर मनमा उदारता भर्न। लोभ रुपि मैल लाई मनबाट हटाएर, अलोभ (उदारता) रुपि रत्न मनमा जड्न दान गरिन्छ। लोभ किन हटाउने? किनकी लोभ मनको नकारात्मक स्थिती हो जसले दुख बढाउछ। अलोभ (उदारता) किन बढाउने? अलोभ मनको सकारात्मक स्थिती हो जसले दुख हटाउछ र सुख बढाउछ, प्रसन्नता बढाउछ; यो कुरा बैज्ञानिक रुपमा प्रमाणित भएको माथी उल्लेख गरिसकेको छु। दानको अभ्यास लोभ घटाउन गरिन्छ। एक बुद्दिबान ब्यक्ति दानको सतपरिणामलाई याद गरेर दिनु र लोभ युक्त मनले दिनुमा सजिलै फरक छुट्टाउन सक्छ।

कतिले मान सम्मानको लोभले दान गर्छन। कतिले आफ्नो प्रभाब बढाउन दान गर्छन। कतिले भविश्यमा फल पाउने लोभले लगानिको रुपमा दान गर्छन; तर त्यो दान बढि लाभदायि हुन्छ जो मन निर्मल गर्न को लागी गरिन्छ। किन?

चेतसिकं अहं कम्मं बदामी म मनको स्थितीलाई कर्म भन्छु। -बुद्द

किनकी कर्म मनको स्थिती हो, कस्तो मनको स्थिती छ, फल त्यस्तै आउछ। फल दानको हैन, फल कर्मको आउछ, र कर्म भनेको मनको चेतना हो। म फेरी भन्छु, जोड दिएर भन्छु, फल कर्मको आउछ, कर्म भनेको मनको स्थिती हो। प्रतिफलको आशा नगरेर दिदा मनमा निर्लोभता हुन्छ, निर्लोभता सतकर्म हो र त्यसले सुपरिणाम ल्याउछ। प्रतिफलको आशागरेर दिदा मन लोभयुक्त हुन्छ, लोभ दुश्कर्म हो, जसले दुष्परिणाम ल्याउछ।

दान कस्लाई दिने?

हामीले दिएको सम्पतिको सहि उपयोग होस; यो सम्पती ले कसैको उद्दार गरोस भन्ने हेतुले, सम्पतिको सहि उपयोग हुने ठाउमा दान गर्नु पर्छ। एकदिन मैले एक दिन एक मान्छेले मागिरहेको देखे र उसलाई केहि पैशा दिए। मेरो साथीले मलाई भन्यो त्यो माग्नेले मैले दिएको पैसाले शायद गाँजा किन्ने छ। मैले भने मेरो चित्तले त पुण्य गरीसकेको छ। मैले उसलाई गरीब, भोको मानेर करुण चित्तले खाना किन्न दिए। मैले जानिजानी गाँजा किन्ने मान्छेलाई गाँजा किन्न दिएको भए, दानको परिणाम राम्रो अबस्य हुने थिएन होला। किन? किनकी भोजन किन्न दान दिने मन करुणा ले भरिएको हुन्छ भने गाँजा किन्न दान दिने मनमा करुणा हुन सक्दैन। त्यसैले गाँजा किन्न दिने दान र भोजन किन्न दिने दानको परिणाम अलग आउनु प्राकृतिक हो। अझ यहाँ पनि चित्तको चेतना नै महत्वपुर्ण हुन्छ। जानी जानी गाँजाको लागी दान गर्ने मन सकारात्मक हुन सक्दैन र त्यसतो नकारात्मक मन सत्कर्म बनाउन सक्दैन। भोको मान्छेलाई भोजन दिनखोनज्ने मन सकारात्मक मन हो र त्यसले सत्कर्म बनाउछ।

त्यतिमात्र हैन दान कसलाई दियो भन्ने कुरा पनि महत्ब पुर्ण हुन्छ? एक गुणीलाई दान दिनु र अबगुणीलाई दान दिनुमा पनि फरक हुन्छ। किन? किनकी गुणीलाई दान दिदा मन गुणप्रति श्रद्दावान हुन्छ, गुणलाई महत्तो दिएर दान गर्छ, त्यसतो मन सकारात्मक हो। अबगुणीलाई दान दिने मन अबगुणप्रति श्रद्दावान हुन्छ, अबगुणलाई प्राथमीकता दिन्छ, त्यसतो मन नकारात्मक मन हो। अत: आफ्नो सम्पति दिदैमा दानले दशा सपार्दैन। त्यसमा मनको ठुलो संलग्नता हुन आबस्यक छ; त्यसलाई ज्ञान भनिन्छ जुन माथी उल्लेखित चौथो गुण हो।

समय समयमा प्राकृतिक प्रकोपहरूले लाखौ करोडौ मान्छेहरुलाई प्रभाबित गरिरहेका हुन्छन। हजारौ लाखौले आफ्ना प्रियजनहरू गुमाउछन। धेरै दुखदायी हुन्छ आफ्नो प्रिय ब्याक्तिलाई सधैको लागी गुमाउनु। हजारौ लाखौले आफ्नो सर्वश्ब गुमाउछन। धेरै दुखदायी हुन्छ होला जिन्दगी फेरी सुन्यबाट सुरुगर्न। कामको असुरक्षा त कति मान्छेलाई हृदयघात दिन सक्छ भने, सर्बश्व गुमाउदा हुने दुख अबश्य असहाय हुन्छ होला। यस्ता पिडितहरुको दुखलाई आत्मसात गरेर, उनिहरुलाई दुखको सागरबाट निकाल्न मदत गर्न पाय हुन्थ्यो भन्ने कुरा सोच्ने मन निकै सकारात्मक मन हो। त्यसतो दानमा लोभको स्थान हुदैन।

दशा सपार्न दान दिने चलनः

केहि दिन अघि हाम्रो छिमेकी मुलुक बर्मामा आएको तुफानले दशौ हजार मान्छे मारेर लाखौलाई आफन्तको बिछोडमा रुन छोडेको छ। लाखौले आफ्नो सर्बश्व गुमाएका छन् र लाखौ प्रभाबित भएका छन। तुफान पछिका दिनहरु पिडितहरुको लागी झनै चुनौतिपुर्ण हुनेछन। शुद्द पिउने पानीको अभाबमा लाग्ने रोगहरुले औसधिको अभाबमा ताण्डब नाच गर्ने छन र अझै हजारौ लासहरु दावी गर्न सक्ने छन्। त्यसतै चीनमा गएको भुकम्पले दशौ हजार मारेको छ र लाखोंलाई प्रभावित गरेको छ। आउनुहोस हामी हाम्रो एक दशा सपारौ। आउनुहोस हामी दशमध्य पहिलो गुण दानको अभ्यास गरौ। यस गुणको अभ्यास ले अरु गुणहरु क्रमस: आफै बढ्दै जानेछन किनकी यिनीहरु एक अर्कासंग निकै घनिष्ठ सम्बन्ध राख्छन।

एक साधे सब सधे – एउटाको अभ्यास गर्दा सबैको अभ्यास हुन्छ।

कसरी? कसरी भने सबै दश गुणहरु मनलाई सकारात्मक बनाउने माध्यम हुर र यिनीहरु अन्तरसम्बन्धित छन। जसरी एकहात धुनखोज्दा अर्को हात आफै धोइन्छ, त्यसतै दानको अभ्यास को साथसाथमा बाकी अन्य नौ गुणहरुको पनि बिकास हुन्छ। यसरी दशा सपार्ने काम हुन्छ। जति जति दशा सुध्रदै जान्छन जिन्दगीमा त्यति त्यति सुख बढ्दै जान्छ र हामी नेपालीले मेरो दशा खराब रहेछ, बिग्रेको रहेछ भन्नु पर्ने छैन। त्यसैले आउनुहोस, दशा सुधार्न तिर लागौ।

हामीले दिने दानले हाम्रो जीन्दगीमा सायदै केही घट्ला, हाम्रो कमाईमा सायदै केहि अन्तर आउला, तर कसैले पुरै जिन्दगी पाउन सक्छन र साथसाथै हामीले दशा सपार्ने अबसर।

यदि तपाईसँग दान दिन मिल्ने कुनै भरपर्दो माध्यम छैनभने, तलको वेवसाइट मा जानुहोस। यो वेबसाईट बर्मी भिक्षुहरुको हो र मलाई बिश्बास छ, हाम्रो दानको एकदमै सहि उपयोग हुने छ।

sansar dainik

Related Articles

Back to top button
Close