बुधबार ०६ आश्विन २०७८

काठमाडौं। आफूलाई ‘विष प्रतिरोधी’ दावी गर्ने फिलिपिन्सका ‘स्नेक म्यान’को कोब्राले टोकेर मृ’त्यु भएको छ । बताइएअनुसार उनले कोब्रालाई किस गर्न खोजेका थिए । त्यही क्रममा कोब्राले उनको जिब्रोमा टोकिदिएपछि उनको मृ’त्यु भएको हो । ६२ वर्षका बर्नार्डो अल्भारेजले जुलाइ ९ का दिन आफ्नो मृ’त्युभन्दा केही समय पहिले मात्र त्यो नर्दर्न फिलिपिन कोब्रालाई पांगासिनान प्रान्तको मांगाल्दान सहरमा समातेका थिए।

सहरमा आएको सर्पलाई उनले यसरी समातेपछि उनलाई भिडले हौसला दिएका थिए । भिड उत्साहित भएको देखेपछि उनी झनै हौसिए र उनले सर्पलाई किस गरेजस्तै गरी उसलाई आफ्नो अनुहारको नजिकै लगे । तर, अचानक कोब्राले उनको जिब्रोमा टोकिदियो । यो सर्प विश्वकै सबैभन्दा विषालु सर्पमध्येमा पर्छ । सर्पले हचानक टोकेपछि आत्तिएका उनले चिच्याए र भुइँमा ढले, एकैछिनमा उनको मृ’त्यु भयो।

प्रान्तीय स्वास्थ्य अधिकारी डा. अन्ना डि गुजम्यानले भने ‘यो सर्पको विषले मानिसलाई प्यारालाइज गराउँछ र उनलाई पनि त्यही भएको थियो । यो प्यारालाईसिसले पीडितको श्वास प्रश्वास रोक्न सक्छ जसले उसको शरीरमा अक्सिजनको संचार बन्द हुन्छ र अचानक मुटुको धड्कन रोकिन्छ ।’ चिकित्सकहरुले उनलाई बचाउन प्रयास गरेका थिए तर त्यति बेलासम्म उनको मृ’त्यु भइसकेको थियो।

चिकित्सकहरुले पीडितको सिधै श्वास प्रश्वास प्रणालीमै सर्पले आक्रमण गरेकोले विषको असर अत्यन्तै घातक रुपमा परेको पुष्टि गरे । घटनास्थलमै रहेकी बर्नार्डोकी बहिनी तेरेसा ओकाले भनिन् ‘एक पुलिसकर्मी र एक डाक्टर उनलाई हेर्न आए अनि उनको नाडी नचलेको भन्दै सास चलाउने प्रयास गरिरहेको बताए । कोब्राको विष अत्यन्तै कडा भएकोले उनीहरु सफल भएनन् । हामीलाई थाहा छैन हामीले यो कसरी स्वीकार गर्न सक्छौं।’

२१४ पटक हेरिएको

तपाईको प्रतिक्रिया