बुधबार ०६ आश्विन २०७८

भुवन केसी पछिल्लो समय नायिका साम्राज्ञी शाहका कारण विवादमा आए । अहिले उनलाई अर्का कलाकार शंकर विसीले विवादमा ल्याएका छन् । शंकर विसी सन्दीप क्षेत्रीले कान्तिपुर टिभीमा चलाउने ह्वाट द फ्लप भन्ने कार्यक्रममा बोलाइएका थिए । त्यहाँ उनले भूवन केसीले नयाँ नायिकासँग चार पटक नाच्न लगाएको बताएका छन् । साथै, उनले भूवन केसीले ती नायिका नयाँ भएकाले शंकर विसीलाई चान्स मा र्न भनेको दावी शंकरले गरेका छन् । यसो भन्दा शंकरलाई नरोकेर सन्दीप क्षेत्री समेत हाँसेर उनलाई साथ दिन्छन् ।

उक्त कार्यक्रमको अहिले बिरोध भै रहेको छ । सामाजिक सञ्जालमा उक्त भिडियो क्लिप सेयर गर्दै उक्त कार्यक्रमको बिरोध गरिएको हो । यसअघि पनि सन्दीप क्षेत्रीले अनुहारमा कालो पोतेर मधेसी समुदायको बेइजत गरेको भन्दै उनको बिरोध भएको थियो । अझ लवज पनि त्यस्तै निकालेर सन्दीप कार्यक्रम चलाउने गर्थे ।

ट्वीटरमा छिरिङ नामक प्रयोगकर्ता लेख्छन्, ‘भुवन केसीको बारेमा नायिका साम्राज्ञीले एक वर्ष जति अगाडी नै भनिसकेका छन । यता शंकर बिसीले पनि मुख खोलि दिए । अंगालो मा र्न चान्स देको रे भुवन सरले । महिलाको शरीर यी तोरी सुपरस्टारहरुको लागी चान्स मा र्ने वस्तु मात्रै त हुन। अझ दुवैको हाँसो । अहो ।’

त्यसैमा फिक्सन नामक अर्का ट्वीटर प्रयोगकर्ताको टिप्पणी छ, ‘सन्दिप कहिल्यै नसुध्रने प्राणी रछन । कहिले मिटूलाइ ट्रोल बनाको छन,कहिले महिला चान्स मा र्ने साधन जसरी प्रस्तुत गरिएको कुरामा दिल खोलेर हासेका छन । महिलाबारे यिनको यो दृष्टिकोण कहिले नफेरिने भो । थुक्क हाम्रो कलाकार भनौदा ।’

१९५ पटक हेरिएको

तपाईको प्रतिक्रिया