आइतबार १९ आषाढ २०७९

विर्तामोडमा सोमवार मृ त फेला परेकी श्रृजना बस्नेतको घटनामा नयाँ तथ्य फेला परेको छ । चौथो तलामा आमा दाइ भाउजुसंग बस्दै आएकी श्रृजनाको शव उनी बस्ने कोठाको तल फेला परेको थियो । प्रत्येक तला र गेटको भित्र समेत ताला लागेको अवस्थामा उनको शव तल बाहिर कसरी आइपुग्यो भन्ने आशंका उब्जीएको थियो ।

प्रहरीले धरानवाट कुकुर ल्याएर अनुसन्धान गरेको थियो । आइतबार बेलुका करिब आठ बजेसम्म घरमा भएकी सृजना सोमबार बिहान घर अगाडि मृ त अवस्थामा फेला परेकी उनका दाजु रमेश बस्नेतले बताए । चारतले घरको दोस्रो तलामा परिवारसँगै बस्ने सृजना चौथो तलामा सु त्ने गरेको उनको भनाइ छ ।

परिवारका सदस्यले उनको स्वभाविक निधन नभएको र घटनामा कसैको हात भएको अनुमान गरेका छन् । परिवारका सदस्यले घटनाको सत्यतथ्य छानविन र अनुसन्धानको माग गरेका छन् । शवको पछाडीको भाग तथा टा उ कोमा चो ट र घटनास्थलमा र ग तको दाग देखिएको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

२९३ पटक हेरिएको

तपाईको प्रतिक्रिया