आइतबार १९ आषाढ २०७९

कास्की– गण्डकी प्रदेशसभामा एमाले सांसदले नाराबाजी लागउँदै ‘हंगामा’ मच्चाएका छन् । बजेट पारित गर्ने क्रममा एमाले सांसदहरुले नाराबाजीसहित अवरोध गरेका हुन् । उनीहरुले कार्यसूची अनुसार प्रक्रिया अघि नबढेको भन्दै सदनभित्र नारावाजी गरेका थिए । होहल्ला साम्य पार्न मर्यादापालकले बल समेत प्रयोग गर्नु परेको थिइ ।

बुधबार गण्डकी प्रदेश सभामा बजेट पारित गर्ने कार्यसूची थियो । तर प्रमुख प्रतिपक्ष नेकपा एमालेले आफूहरुले अघि सारेका १० बुँदे माग पूरा नभए सदन चल्न नदिने अडान राखेर लगातार अवरुद्ध गरेका थिए । तर सरकारले उनीहरुका माग अहिले पूरा गर्न नसकिने भन्दै बजेट पारितको प्रयास गरेपछि एमालेले नाराबाजी गर्दै सदन अवरुद्ध गरेको थियो ।

मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रस्तुत गरेको आर्थिक वर्ष २०७८/७९ को बजेटमा बहुवर्षीय योजनाहरूलाई निरन्तरता नदिएको, अघिल्लो सरकारले स्रोत सुनिश्चित गरेर अगाडि बढाएका योजना का;टिएको भन्दै एमाले सांसद तथा पूर्वमन्त्री रामशरण बस्नेतले संसद् भवनभित्रै रहेको टेबल उठाएर फालेका थिए ।

बस्नेत गण्डकी सरकारका पूर्व भौतिक पूर्वाधार मन्त्रीसमेत हुन् । उनीहरुले बैठक बहिस्कार गर्न लाग्दा सुरक्षाकर्मीसँग धकेलाधकेल भएको थियो । हेरौँ गण्डकी प्रदेश सभामा पूर्वमन्त्रीले टेबल फालेको भिडियो

१३४ पटक हेरिएको

तपाईको प्रतिक्रिया