बिहिबार २३ आषाढ २०७९

काठमाडौं। सरकारले सार्वजनिक यातायातको भाडा बढाएको छ। यातायातको भाडा ओली सरकारकै पालामा बढेको हो। यातायात व्यवस्था विभागले यही मंगलबार विभागको निर्णय अनुसार भाडा बढेको सूचना बुधबार सार्वजिक गरेको छ।

मंगलबारसम्म सरकार एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा थियो। काँग्रेस सभापति शेरबहादुर देउवाले मंगलबार अबेर साढे ८ बजेपछिमात्र शपथ ग्रहण गरेका थिए। करिब ९ बजे पदभार ग्रहण गरेका थिए।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङले मंगलबारसम्म मन्त्रालयको नेतृत्व गरेका थिए। मन्त्रालय नेम्वाङको नेतृत्वमै भएका बेला सो मन्त्रालय अन्तरगतको यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा बढाएको हो। मन्त्री नेम्वाङले भाडा बढाउने सहमति यही असार २७ गते दिएका थिए। मन्त्रीको स्वीकृतिपछि मंगलार विभागले भाडा बढाउने निर्णय गरेको हो।

विभागले इन्धन, पार्टपूर्जालगायतको मूल्य बढेकाले भाडा समायोजन गरिएको जनाएको छ। विभागका अनुसार सार्वजनिक यातायातको भाडा २८ प्रतिशत बढेको छ। यस्तै पहाडमा चल्ने मालबहाक गाडीको भाडा २० प्रतिशत र तराईमा चल्ने मालवहाक गाडीको भाडा २६ प्रतिशतले बढेको छ।

२३४ पटक हेरिएको

तपाईको प्रतिक्रिया