भिडियो

भक्तपुरमा पहिलो पटक ३ जनाको शव देख्ने देउरानी पहिलो पटक मिडियामा,घरभित्र छिर्दा कोठा-कोठामा ला*स भेटियो (भिडियो हेर्नुस्)

काठमाडौ। भक्तपुरको निकोसेराबाट सिन्टिटार जाने सडकमै रहेको चारतले घरमा कुकुरसहित ३६ वर्षीय सुदीप अधिकारी, ३४ वर्षीया श्रीमती सम्झना र यस वर्ष मात्रै एसइई परीक्षामा ‘ए’ ल्याएर उत्तीर्ण गरेका १५ वर्षीय छोरा सुशान्तको निधन भएको घटना रहस्यमय बन्दै गएको छ । केही दिन अघि नै निधन भएको प्रहरीले बताएको सो घटना छिमेकीले पनि थाहा पाएनन् ।घरको सामान सकिएकाले किनमेल गर्न सुदीपको भाई र उनको श्रीमती बाहिर निस्किएका थिए । ** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

सामान किनेपछि उनीहरुले मासु किने, अनि दाईलाई पनि मासु लगिदिउँ न भन्दै उनीहरुका लािग पनि मासु किनेर छोड्न भनेर घरमा गए । देउरानीले मुल ढोका धकेलिन ढोका खुल्यो, उनले ढोका खुल्लै भएपछि उनले दाई र जेठानी कतै बाहिर जान लागेको हो की भन्ने सोचिन् । तर विस्तारै सिडि चढ्दै जाँदा उनले सुरुमै कुकुर म रे को देखिन् । कुकुर म रे को र झिंगा भन्किएको र गन्ध पनि आएको थाहा पाएपछि उनी डराउँदै बाहिर निस्किन ।

उनले भनिन्, ‘कुकुर म रे को र झिंगा भन्केको देख्ने बित्तिकै मलाई शंका लाग्यो अनि दौडेर श्रीमानलाई पनि हेर्न जाउँ भने । दाई दाई दिदी पनि बोल्नुहुन्न । यहाँ त केही भए जस्तो छ भनेर श्रीमानलाई पनि लिएर गएँ । दुई जनानै घरमा गए श्रीमान श्रीमतीको कोठा पहिलो तलामा थियो । त्यो कोठामा पनि ढोका खुलै थियो । भित्र हेर्दा दिदीको शरिर निकै ठुलो र भित्ता तर्फ फर्किएको देखेपछि अर्को तलामा जाँदा त्यहाँ छोरालाई पनि देखिन् । फेरी माथिल्लो तलामा जाँदा जेठाजुको शव कौशीमा देखेको बताइन् ।

घरमा श्रीमान श्रीमती र एक छोरा बस्थे । उनीहरुले एउटा कुकुर पनि पालेका थिए । घरमा भएका सबैको नि धन भएको अवस्थामा फेला परेका हुन् । सोही घरको पुरुषको भाई बुहारी मासु किनेर छोड्न भन्दै जाँदा सबैको निधन भएको अवस्थामा देखेका थिए । देउरानी एक्कासी रुँदै र कराउँदै बाहिर निस्केको देखेपछि छिमेकी भेला भएका थिए । घर नजिकै यस्तो घटना भएपछि छिमेकी पनि डराएका छन् ।

उनीहरुले देउरानी आएर रुँदै बाहिर निस्केपछि मात्र आफुहरले सुनेको बताएका छन् । प्रहरीले सो घटनाको अनुसन्धान सुरु गरेको छ । प्रहरीले श्रीमान र श्रीमतीको ज्यान लिएपछि श्रीमानले दे ह त्या ग गरेको हुनसक्ने प्रारम्भिक अनुमान गरेको छ ।** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

Related Articles

Back to top button
Close