बुधबार २० साउन २०७८

झापाको बीएण्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईं मंगलबार सिंहदरबारमा देखिएका छन् । प्रधानमन्त्री ओली देशवासीको नाममा सम्बोधन गर्न आज सिंहदरबार जाँदा उनीसँगै प्रसाईं पनि देखिएका हुन् ।

शीर्ष नेताहरुलाई आफ्नो घरमा बोलाएर मार्सी चामलको भात खुवाएर चर्चित बनेका झापाको बीएण्डसी मेडिकल कलेजका सञ्चालक प्रसाईं पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओली निकट छन् ।

प्रधानमन्त्री अ‍ोलीले पछिल्लो समय प्रसाईंको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिलाउन जोडबल गरेका थिए । ओलीको बर्हिगमनसँगै प्रसाईँको मेडिकल कलेजको सम्बन्धन अब के हुन्छ भन्ने चासो पनि उत्पन्न भएको छ ।यसअघि प्रसाईं पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेकपा माओवादी केन्द्र निकट थिए।

४ कारणले नेपाल अझै कोरोनाको उच्च जोखिममा छ’
निषेधाज्ञा खुकुलो भएपनि कोरोना भाइरस संक्रमणको जोखिम अझै कम भएको छैन । लामो समयदेखि बजार व्यवसाय विद्यालय बन्द हुँदाको प्रत्यक्ष असर हामीले भोगेका छौं । यस स्थितिको अन्त्य गर्न सबै जना जिम्मेवार भएर लाग्नुपर्दछ । नेपाल ४ वटा कारणले अझै कोरोनाको उच्च जोखिममा छ ।

– कोरोना भाइरस

कोरोना भाइरस आफै खतरनाक भाइरस हो । यसले नयाँ नयाँ स्वरुप परिवर्तन गरिरहेको छ । नेपालमा पनि यी भेरियन्टहरु देखिएका छन् जुन निकै खतरनाक छन् ।

– सामाजिक मिश्रण

निषेधाज्ञा खुकुलो भएसँगै सामाजिक मिश्रण बढेको छ, हाम्रो गतिविधिहरु चलायमान भएको छ र बढ्दै गएको गतिविधिले भीड बढेको छ जसले मानिसलाई नजिक नजिक ल्याएको छ ।

– स्वास्थ्यमा मापदण्ड पालना नगर्नु

स्वास्थ्यका मापदण्ड सही तरिकाले पालना नगर्दा संक्रमणको जोखिम बढाएको छ । मापदण्ड भनेको लकडाउन या निषेधाज्ञा होइन । यी भनेको व्यक्तिगत र सामुदायिक तहमा अपनाउनपर्ने सुरक्षाका उपायहरु हुन् हो ।

१४१ पटक हेरिएको

तपाईको प्रतिक्रिया