बुधबार २० साउन २०७८

काठमाडौं । सरकारले सबै नागरिकलाई कोभिड १९ बिरुद्धको खोप निशुल्क उपलब्ध गराउने निर्णय गरेको छ । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा मंगलवार बेलुकी सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले यस्तो निर्णय गरेको हो ।

नवनियुक्त अर्थमन्त्री जनार्दन शर्मा, गृहमन्त्री बालकृष्ण खाँड, कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र ऊर्जामन्त्री पम्फा भुसालसहित मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा बसेको हो।

प्रधानमन्त्री देउवाले मंगलबार बेलुकी राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको हो । देउवासँगै चार मन्त्रीले पनि मंगलवार नै शपथ ग्रहण गर्नुभएको हो । शपथ ग्रहणपछि सिंहदरवार पुगेर मन्त्रिपरिषदको पहिलो बैठक बसेको हो ।

९७ पटक हेरिएको

तपाईको प्रतिक्रिया