बुधबार २० साउन २०७८

नेपाली संगीत उद्योगमा दजनौं सुपरहिट अजम्बरी गीतहरु गाईसकेकि लोकप्रिय गायिका स्वर किन्नरी अन्जु पन्तले हिन्दि गीत गएकी छन् । उनको स्वरमा “युं ना हो जाता” गीतको भिडियो लिम्दुमी क्रियसन मार्फत युट्युबमा सार्वजनिक भएको छ । यस अगाडि पनी नेपाली गीतको अलवा कयौं हिन्दीहरुमा आफनो आवाजको जादु अन्जुले छरिसकेकी छिन ।

डी आर अटुको संगीतमा तयार पारिएको गीतमा राजु कार्कीले एरेन्ज गरेका छन । प्रेमी प्रेमीका विचको मायाप्रेमलाई गीतमा समेटिएको छ । मायालु जोडि विचको प्रेमका भावहरुलाई समेटिएको छ । हेर्नुस भिडियो

गीतमा सबै प्रेमील मनहरुको भोेगाईलाई समेटिएको कारणले सबै समुहका आम दर्शक तथा स्रोताले मन पराउनेमा आफु आशावादी रहेको गीतकार पवित्रा राईले बताइन । हिन्दी भाषामा निमार्ण गरिएको गीतलाई मनोज राईले सम्पादन गरेका छन । हाल भने गीतको लिरिकल भिडियोलाई मात्रै युट्युबमा सार्बजनिक गरिएको हो ।

११५ पटक हेरिएको

तपाईको प्रतिक्रिया