आइतबार ३१ आश्विन २०७८

मकवानपुर हेटौडा निवासी सरु पुडासैनी ,जसले आफ्नो श्रीमान हराएको झन्डै २ महीना पुरा भईसकेको थियो, काखमा बच्चा च्यापेर,आफ्नो श्रीमान खोजिदिनुहोला भेनेर आउनु भएको थियो ! उहाले आफ्नो श्रीमानलाई सबैतिर खोज्नु भयो तर आफ्नो श्रीमान फेला पर्न सक्नु भएको थिएन !

उहाको श्रीमान कामको सिलसिलामा रक्सोल जानुभएको थियो र एक्कासी पछाडिबाट एकजनाले रुमालले मुख बाधे र एउटा बन्द कोठामा लागे ! त्यहा वहा जस्तै अरु थुप्रै मान्छेहेरुलाई पनि बन्दि बनाएर राखिएको रहेछ , अ प ह रणकारीहरुले समय समयमा कोठाहरु परिवर्तन गर्थे र दिनमा एक समय मात्रै खाना दिन्थे , एस्तै गरी अढाई महिना सम्म पिडा भोगेर बन्दि बनेर बसे !

र एकदिन गाडीबाट अन्त लैजाने सिलसिलामा फेरी आखामा पट्टि बा धेर हात बा धेर सबैलाई गाडीमा हालेर लागे अ पहरणकारी हरुले र पिसाब फेर्ने ठाउमा रोके र त्यहि समयमा ३ जना त्यहा बाट भाग्न सफल भए र भारतको दिल्लीमा आईपुगे र त्यहा एकजना नेपालीको सहयोग मागेर घर फोन गरे सबैजना ३ महिना पछि घर मा श्रीमानको फोन आउँदा छक्क परे र पुलिसलाई खबर गेरेर नेपाल फर्किन सफल भए !

३४४ पटक हेरिएको

तपाईको प्रतिक्रिया