News

नेपाली सेनाबाट ७६५ जनाले जागिर छोडेर भागे

नारायण न्यौपाने (रासस) । नेपाली सेनामा पछिल्लो समय पेन्सन नै नभई सेवा छाड्नेको सङ्ख्या निकै ठूलो रहेको पाइएको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार अघिल्लो आर्थिक वर्षमा मात्रै एक हजार ६३२ जनाले पेन्सन नभई बीचमै सेवा छाडेका थिए ।विशेष गरी तल्लो तहका सैनिकले पेन्सनसम्बन्धी माग सम्बोधन नभएको, बढ्दो बजार मूल्यका कारण परिवार पाल्न धौ धौ भएको र विकल्पका रुपमा वैदेशिक रोजगारीका लागि काम गर्न जाने सिलसिलामा बीचमै सेवा छाड्ने गरेका हुन् ।

आव २०७६/७७ मा ८६७ जना राजीनामा दिई उपदानमा बाहिरिएका थिए भने ७६५ जना भगौडाका रुपमा सैनिक सेवा छोडेको तथ्याङ्क छ ।सेवा परित्याग गरेर जानेमा खासगरी तल्लो तह सिपाहीदेखि हबल्दार सम्मको सङ्ख्या अधिक छ । सेवामा १६ वर्षसम्म सेवा गरेको जनशक्ति पनि पेन्सन नभई सेवा छाडिरहेको आँकडा देखिन्छ ।विसं २०६० सम्म सिपाहीदेखि हबल्दार सम्मका लागि १६ वर्षे सैनिक सेवा गरेपछि पेन्सन हुने व्यवस्था थियो । पेन्सनको अवधि २० वर्ष पु¥याएपछि उपदानमा जाने र भगौडाको सङ्ख्या उल्लेखनीय रुपमा बढेकाले सकलदर्जालाई टिकाइराख्न र जनशक्तिको व्यवस्थापन गर्न जङ्गी अड्डालाई समस्या भएको छ ।*****यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला*****

-DAINIK SANGALO

Related Articles

Back to top button
Close