News

अभिनेत्री हिमानी शिवपुरी कोरोना संक्रमण

काठमाडौँ। प्रसिद्ध बलिउड र टेलिभिजन अभिनेत्री हिमानी शिवपुरीलाई कोरोना संक्रमण भएको छ। उनले आफुलाई कोरोना संक्रमण भएको जानकारी सामाजिक संजाल इन्स्टाग्राम मार्फत दिएकी छिन्। इन्स्टाग्राममा आफ्नो तस्विर सार्वजनिक गर्दै आफ्नो सम्पर्कमा आएकाहरुलाई पनि कोरोना परिक्षण गर्न आग्रह गरेकी छिन्।

हिमानी शिवपुरी हाल हास्य सीरियल हप्पू की उलटन पलटनमा काम गर्दैछिन। यसमा उनले दारोगा हप्पू सिंहकी आमाको भूमिका निभाएकी छिन्। शिवपुरीलाई उनको उत्कृष्ट अभिनय कारण दर्शकहरूले धेरै मन पराउने गर्छन्। हिमानी शिवपुरीलाई उपचारको लागि मुम्बईको होली स्पिरिट अस्पतालमा भर्ना गरिएको छ।

Related Articles

Back to top button
Close