बुधबार ०६ आश्विन २०७८

सर्वोच्च अदालतले शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेअनुसार राष्ट्रपति कार्यालयले आज अपरान्ह ४ बजे सपथग्रहण कार्यक्रम राखेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीका राजनीतिक सल्लाहकार डा. लालबाबु यादवले जनाएअनुसार ४ बजेलाई सपथ खुवाउने तयारी गरिएको छ । र, सोहीअनुसार पत्राचार गरिएको पनि उनले जनाए । देउवाले आजै माओवादी केन्द्र र कांग्रेसबाट दुई जनालाई समावेश गरेर सानो आकारको मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेका छन् ।

प्रधानमन्त्रीको शपथ लिने तयारीमा रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूसँगै केही मन्त्रीलाई पनि शपथमा साथै लिएर जाने तयारी गरेका छन् ।प्राप्त जानकारी अनुसार देउवाले पहिलो चरणमा मन्त्रीमा कस कसलाई लिएर जाने भन्नेबारे पार्टीका नेताहरूसँग परामर्श गरिरहेका छन् ।

पहिलो चरणमा कांग्रेसबाट प्रकाशमान सिंह, ज्ञानेन्द्र बहादुर कार्की, डा.मिनेन्द्र रिजाल, वालकृष्ण खाँड, गगन थापा, डा.नारायण खड्का, भरत शाह, दिलेन्द्र बडु र डिला संग्रौलामध्ये दुई जनालाई शपथमा साथै लैजाने देउवाको तयारी छ । यसमध्ये खाँड, कार्की र डा.रिजालमध्येलाई प्रधानमन्त्रीको शपथमा सँगै लैजाने देउवाको तयारी रहेको स्रोतको दाबी छ ।

१२३ पटक हेरिएको

तपाईको प्रतिक्रिया