News

खुशीको खबर, अब २ हजारमा मात्र कोरोना परीक्षण गराइने

काठमाडौं- ४ हजारमा कोरोना परीक्षण गराउँदै आएकोबिध ल्याबले कोरोना परीक्षणको शुल्क पुनः घटाएको छ । सरकारको कोरोना परीक्षणको दायरा बढाउने नीतिमा सहयोग पुग्ने हिसाबले परीक्षण शुल्क घटाइएर २ हजारमै पीसीआर परीक्षण गराउन सकिने बिध म्यानेजमेन्ट प्रालीले जनाएको छ ।कोरोना उन्मुलन गर्नपर्ने अवस्थामा पुगेको भन्दै ल्याबमा लाग्ने खर्चमात्र राखेर सरकारलाई कोरोना परीक्षणको दायरा बढाउन सहयोग पुग्ने उद्देश्यले रेट घटाएको ल्याबले जनाएको छ ।

३० दिनका लागि मान्य हुनेगरी शुल्क घटाइएको र ३० दिनपछि पुनः शुल्कबारे सोच्न सकिने बताइउको छ ।देशिक रोजगारीमा जानेहरुका लागि अझै १ सय छुट गरिएको बिधले जनाएको छ । यस ल्याबले यसअघि पनि सरकारले तोकेको भन्दा सस्तोमा परीक्षण गराउँदै आएको छ । यसले गत १३ साउनमा सरकारबाट मान्यता लिएर कोरोना परीक्षण गराउँदै आएको छ ।

Related Articles

Back to top button
Close