बिहिबार २३ आषाढ २०७९

युवतीको रहस्यमय मृत्यूको घटना अनुसन्धानका लागि धरानबाट ल्याइएको तालिम प्राप्त कुकुर घरभित्रै छिरेको छ । बिर्तामोडस्थित पूर्वपश्चिम राजमार्गको सुगम पेट्रोल पम्प उत्तर बिर्तामोड–५ मा आफन्तसँग डेरा बस्दै आएकी २५ वर्षीया सृजना बस्नेतको शव अ’र्धन’ग्न अवस्थामा फेला परेको हो ।

युवतीको शव बारे थप अनुसन्धान गर्न कुकुर ल्याइएको कुकुर युवती बस्नै घरमै छिरेको प्रहरी अधिकारीले जानकारी दिए । धरानबाट ल्याइएको तालिम प्राप्त कुकुरले शवमा सुँगेर घरभित्रै पसेपछि घटना थप रहस्यमय बनेको छ । प्रहरीलाई अनुसन्धानमा सहयताका लागि ल्याइएको कुकुर घर छिरेपछि अनुसन्धान अब घरभित्रै तर्फ मोडिएको छ ।

अनुसन्धानमा खटिएका एक प्रहरीले भने, कुकुर घरभित्र पसेपछि अनुसन्धान घरभित्रै थालिनेछ । परिवारका अनुसार उनी राती आफ्नो कोठामा सुतेकी थिइन् । चार तले घरको माथिल्लो तलामा बस्ने ती युवतीको शरिरमा भित्रि कपडा मात्रै छ ।

बस्नेत सुतेको कोठा बाहिरबाट चावी लगाइएको छ, युवती त्यै कोठको मुनी फेला परेकी छन् । सो घरको चारै तलामा तलैपिच्छे चावी लगाइएको र सबैभन्दा मुनीको मुख्य गेटमा समेत भित्रैबाट चावी लगाएको बुझिएको छ । अर्जुनधारा घर भएकी उनी पछिल्लो समय विर्तामोडस्थित आफन्तको घरमा भाडामा बस्दै आएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राकेश थापाले बताए । आमा, दाजुभाउजूसहितको परिवारसँग बस्दै आएकी उनी विर्तामोडमै रहेको सिर्जनशील सहकारी संस्थामा काम गर्दै आएकी थिइन् ।

परिवारका अनुसार उनी राती आफ्नो कोठामा सुतेकी थिइन् । चार तले घरको माथिल्लो तलामा बस्ने ती युवतीको शरिरमा भित्रि कपडा मात्रै छ । पेन्टी घोँडामा देखिएको प्रत्यक्षदर्शीले बताएका छन् । बस्नेत सुतेको कोठा बाहिरबाट चावी लगाइएको छ, युवती त्यै कोठको मुनी फेला परेकी छन् । सो घरको चारै तलामा तलैपिच्छे चावी लगाइएको र सबैभन्दा मुनीको मुख्य गेटमा समेत भित्रैबाट चावी लगाएको बुझिएको छ ।
युवतीको शव हेर्दा रहस्यमय पाइएको छ । आफु सुत्ने कोठबाट हाम्फलिन भन्दा उनको शरिरमा कसरी चोट लाग्यो ? अर्धनग्न कसरी भइन् ? फेरि सबैतिरबाट चावी लगाउँदा घरमा को–कसरी प्रवेश गर्‍यो ? यी प्रश्नहरुको उत्तर प्रहरीको अनुसन्धानले दिनुपर्नेछ ।

५१५ पटक हेरिएको

तपाईको प्रतिक्रिया