News

रियाले गरिन् ठूलो खुलासा : सारा अलि खान सहित २५ जनाको नाम लिइन्

एजेन्सी । बलिउड अभिनेता सुशान्त सिंह राजपूत निधनको घटना छानविनका क्रममा पक्राउ परेकी रिया चक्रवर्तीले ना र्को टी स कन्ट्रोल ब्युरोसँगको बयानमा बलिउडका २५ कलाकार ड्र ग्स प्रयोगकर्ताको भएको बताएकी छन् ।रिया चक्रवर्तीले दिग्गज कलाकार सहित २५ जनाको नाम लिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । यस अघि अर्की नायीका कंगना रनावतले पनि कलाकारको पार्टीमा यस्ता चिज हुने गरेको बताउँदै आएकी थिइन् ।

रियाले दिएको २० पृष्ठ लामो बयानमा त्यस्ता औषधी सेवन गर्नेहरुमा पहिलो नाममा बलिउड कलाकार सेफ अलि खानकी छोरी सारा अलि खान लेखेकी छन् । त्यस बाहेक अन्य दिग्गज कलाकारका नाम पनि समावेश छन् । सबैका नाम अहिले सार्वजनिक गरिएका छैनन् । खुलाइ एका केही नामहरुमा रकुल प्रित सिंह, डिजाइनर सिमोन खंबाटा, मिडियाकर्मी रोहिणी अय्यर, कास्टिङ डाइरेक्टर मुकेश छावडा रहेका छन् ।

सेफ अलि खानकी छोरी सारा अलि खान २०१८ मा केदा रनाथ फिल्ममा सुशान्त सिंहसँग काम गरेकी थिइन । सारा सुशान्त सिंहको साथी रहेको र उनको थाइल्याण्ड ट्रीपमा समेत रहेको स्वयं रियाले बताएकी थिइन । यो खबर आज को समाचारपत्रले उल्लेख गरेको छ ।

Related Articles

Back to top button
Close