सोमबार २० आषाढ २०७९

नायिका आँचल शर्मा र उनका श्रीमान डा.उदिप श्रेष्ठ झुठो समाचार फेक न्युजको मारमा परेका छन् । एक अनलाईन पोर्टलमा आँचल गर्भवती भएको खबर अपलोड भएपछि आदिप जोडीलाई शुभकामनाको लागेको थियो ।

आँचल गर्भवती भएको झुठो खबर फैलिएपछि श्रीमान श्रेष्ठले यस्को सफाई दिएका छन् । ‘शुभकामनाका लागि यहाँहरुलाई धन्यवाद । तर मेरी श्रीमती अहिलेसम्म गर्भवती भएकी छैनन्’, उदिपले ईन्स्टा स्टोरीमा लेखेका छन्, ‘यदि भइन् भने हामीबाटै तपाईंहरुले पहिला सुन्नु हुनेछ ।’

बेला बेलामा सेलिव्रेटीहरुका बिबाह, ब्रेकअप, बच्चा र निधनको समेत झुठो खबर फैलिने गर्दछ । आफ्नो झुठो खबर बारे केहीले सफाई दिन्छन्, केही मौन रहन्छन् । सन्तानको झुठो खबर बारे सफाई दिएका आदिप जोडीले खुसीको साँचो खबर चाहिं कहिले देलान् त ?

यो पनि समाचार : भारतको उत्तर प्रदेशमा चट्याङको कारण ४२ जनाको मृत्यु भएको छ । बीबीसीका अनुसार उत्तर प्रदेशमा आइतबार भएको भारी वर्षाको क्रममा चट्याङ पनि परेको थियो । जसको कारण फरक(फरक स्थानमा चट्याङले लागेर थप २३ जना मानिसहरु घाइते भएका छन् । त्यस्तै २४९ पशुहरुको मृत्यु भएको समाचारमा उल्लेख छ ।राजस्थानको राजधानी जयपुरलगायत राज्यका धेरै जिल्लाहरूमा आइतवार भारी वर्षा भयो। चट्याङले गर्दा राज्यमा कम्तिमा २० व्यक्तिको मृ’त्यु भएको छ।

जयपुरको उत्तरमा ११ जना व्यक्तिले सेल्फी लिइरहेका बेला दुर्घटना भएको छ । यो दुर्घटना भएको समयमा यी व्यक्तिहरू आमेर फोर्टको वाच टावरको माथि वर्षामा सेल्फी लिइरहेका थिए। जब यो दु’र्घटना भयो, करिब २७ जना मानिस किल्लाको टावर र भित्तामा थिए। तिनीहरूमध्ये केहीले बिजुली चम्केपछि हाम फालेका थिए ।

प्रयागराजमा पनि १३ जनाको निधन भएको छ । चट्याङ लागेर मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अधिकारीहरुले बताएका छन् । र प्रयागराजमा चट्याङको कारण मृत्यु भएका १३ जनाको परिवारलाई चार लाख राहत उपलब्ध गराउने उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले घोषणा गरेका छन् । फिरोजावादमा तीन, कौशांबीमा दुई र मिर्जापुरमा एकजनाको मृ’त्यु भएको छ ।

राजस्थानको राजधानी सहर जयपुरका प्रहरी आयुक्त आनन्द श्रीवास्तवले भने, ‘स्थानीय मानिसहरुको सहयोगमा आमेर किला क्षेत्रमा चट्याङ लागेका करिब २९ जनालाई उपचारको लागि अस्पतालमा लगिएको थियो । उनीहरुमध्ये १६ जनाको मृ’त्यु भएको छ

२२० पटक हेरिएको

तपाईको प्रतिक्रिया