News

डिभोर्स भएको दुई वर्षपछि मात्रै माइती घरमा गइन अभिनेत्री मलाइका

मुम्बई – बलिउड अभिनेत्री मलाइका अरोराले करिब दुई वर्षपछि पारिवारिक भेटघाटको कार्यक्रममा सहभागिता जनाएकी छन्।बलिउड अभिनेता सलमान खानका भाइ अरबाज खानसँगको सम्बन्ध विच्छेदपछि उनले खुलेर कुनै पनि पारिवारिक कार्यक्रममा सहभागिता जनाउन पाएकी थिइनन्। झन् पछि अर्जुन कपुरसँगको प्रेम चर्चाका कारण उनी पारिवारिक भेटघाटमा जान छाडेकी थिइन्। अन्ततस् लामो समयपछि उनी माइत गएकी हुन्।

‘ओणम्’ नामक पर्व मनाउन आमाको निम्तोमा मलाइका माइत पुग्दा उनको स्वागतमा विशेष परिकार तयार पारिएको थियो। छोरीको सम्मानमा उनकी आमाले उप्पल, इनजी पुली, कनिमंगाअचर, मंगा अचर, वडुकापुली नारंगा अचार, चमनथी, मोरमुमुलाकु, काया वररथतुलगायत २५ व्यञ्जन तयार पार्न लगाएकी थिइन्।अन्नपुर्ण पोष्टमा खबर छ । सन् २००५ मै स्टार प्लस च्यानलको ‘नाच बलिए’ कार्यक्रममा निर्णायक रहिसकेकी मलाइका हाल सोनी च्यानलको इन्डियज बेस्ट डान्सर कार्यक्रममा निर्णायकको भूमिकामा छिन्।

Related Articles

Back to top button
Close